मेटाको लोकप्रिय च्याटिङ एप ह्वाट्सएपमा कलिङ, भिडियो कलिङ, पेमेन्टलगायतका सुविधासँगै आउँदै गर्दा प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी नयाँ–नयाँ सुविधाहरू थपिएका छन् ।
व्यक्तिगत अकाउन्ट बाहेक, ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूलाई बिजनेश अकाउन्टको सुविधा पनि प्रदान गर्दछ । वास्तवमा ह्वाट्सएपले बिजनेश अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि स्टेटस अर्काइभ सुविधा ल्याएको छ ।
नयाँ सुविधा प्रयोगकर्ताहरूको लागि बिजनेश टूल्सको रूपमा थपिएको छ । यो सुविधा ह्वाट्सएप प्रयोगकर्ताहरूलाई उनीहरूको पुरानो स्टेटस अपडेटहरू फेरि साझा गर्न ल्याइएको हो ।
ह्वाट्सएपमा २४ घण्टाका लागि मात्रै स्टेटस सेयर गर्न सक्ने फिचर रहेको छ । अब २४ घण्टा भन्दा बढ समयका लागि स्टोरी सेयर गर्न मिल्ने फिचर ह्वाट्सएपले ल्याउन लागेको छ ।
२४ घण्टामा केही महत्त्वपूर्ण स्टेटस अपडेटको जानकारी अधिकतम संख्यासम्म पुग्न नसकेकाले यो नयाँ फिचर ल्याउन लागिएको हो ।
नयाँ फिचरको सहयोगमा प्रयोगकर्ताले पुरानो स्टेटस लामोसमयसम्म राख्ने सुविधा पाउँने छन् । ह्वाट्सएपमा नयाँ फिचर ह्वाट्सएप बिजनेस एन्ड्रोइडका बेटा टेस्टरहरूका लागि मात्र रोल आउट गरिएको छ । आगामी हप्ताहरूमा यो सुविधा अन्य प्रयोगकर्ताहरूलाई पनि रोल आउट गर्दै लैजाने बताइएको छ ।