कीवर्डहरू -

ट्विटरलाई टक्कर दिन मेटाले ल्यायो थ्रेड्स एप, कसरी गर्ने प्रयोग ? 

ट्विटरलाई टक्कर दिन मेटाले ल्यायो थ्रेड्स एप, कसरी गर्ने प्रयोग ? 

ट्विटरलाई टक्कर दिन फेसबुकको मातृ कम्पनी मेटाले थ्रेडस मोबाइल एप सार्वजनिक गरेको छ । बिहीबार फेसबुकका संस्थापक मार्क जुकरबर्गले थ्रेडस एप सार्वजनिक गरेका हुन् ।

थ्रेड्स एप टेक्स्ट शेयर गर्नका लागि इन्स्टाग्रामको टिमले बनाएको हो । त्यसैकारण थ्रेड्स एप प्रयोग गर्न इन्स्टाग्राम आवश्यक पर्नेछ ।

थ्रेड्सबाट फोटो, भिडियो र लिंकसहित ५०० क्यारेक्टरसम्मको टेक्स्ट पोष्ट गर्न सकिने कम्पनीले जनाएको छ । भिडियो चाँहि ५ मिनेट लामो पोष्ट गर्न सकिने छ । थ्रेड्समा गरिएको पोष्ट आफ्नो इन्स्टाग्राम स्टोरीमा शयेर गर्न सकिनुका साथै लिंकसहित अन्य प्लेटफर्ममा पनि शेयर गर्न सकिने मेटाले जनाएको छ ।

सार्वजनिक भएको २ घन्टाभित्रै २० लाखले थ्रेड्स एप साइन अप गरेका छन् । यसमा इन्स्टाग्राममा भएका साथीहरूलाई फ्लो पनि गर्न सकिने छ ।

\"\"

छिट्टै थ्रेड्सलाई एक खुला, अन्तरसञ्चालन योग्य सामाजिक सञ्जालको रूपमा विकास गर्ने मेटाले जानकारी दिएको छ । थ्रेड्स प्रयोगकर्तालाई थप नियन्त्रण अधिकार दिन प्रतिबद्ध रहेको मेटाले बताएको छ ।

भविष्यको इन्टरनेट अवधारणामा थ्रेड्स मेटाको पहिलो खुला सामाजिक सञ्जाल पोर्टोकल हुने जनाइएको छ ।  थ्रेड्स एप १०० भन्दा बढी देशमा उपलब्ध भएको छ ।

एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सक्ने छन् । छिट्टै एपमा नयाँ फिचरहरू पनि ल्याउने मेटाले जानकारी दिएको छ ।