कीवर्डहरू -

मिम शेयर गर्दै ११ वर्षपछि ट्वीटरमा फर्किए मार्क जुकरबर्ग

मिम शेयर गर्दै ११ वर्षपछि ट्वीटरमा फर्किए मार्क जुकरबर्ग

मेटाका सीईओ र फेसबुकका संस्थापक मार्क जुकरबर्ग ११ वर्षभन्दा बढी समयदेखि ट्विटरबाट टाढा थिए । तर आज बिहान उनी माइक्रोब्लगिङ साइटमा फर्किए र त्यहाँ आएर मिम पोस्ट गरे ।

मिम इन्स्टाग्राम थ्रेड्स सुरु भएको बारेमा रहेको थियो । जुकरबर्गले एक मिम सेयर गरेका थिए, जसमा स्पाइडर–म्यानको लुगा लगाएको एक व्यक्तिले उही सूटमा अर्को व्यक्तिलाई औंल्याइरहेको छ । इमेज १९६७ स्पाइडर–म्यान कार्टुन “डबल आइडेन्टिटी“ को हो, जसमा खलनायकले नायकको नक्कल गर्ने प्रयास गर्दछ ।

यो भन्दा पहिले जुकरबर्गको अन्तिम पोस्ट जनवरी १८, २०१२ मा थियो । मेटा सीईओले थ्रेडहरूलाई “वार्तालापको लागि खुला र मैत्री सार्वजनिक स्थानको रूपमा प्रस्तुत गरेका छन् ।

उनले पहिलो दिनदेखि थ्रेड्सको हिस्सा भएकोमा प्रयोगकर्ताहरूप्रति आभार समेत व्यक्त गरेका थिए । थ्रेड पनि ट्वीटर जस्तै एप भएको हुँदा यही एपको बारेमा ट्वीटरमा आएर मिम सेयर गरेकाले धेरै जनाले जुकरबर्गको पोस्टमा प्रतिक्रिया गरेका थिए ।

थ्रेड्स ट्विटर भन्दा ठूलो हुन सक्छ भन्ने प्रश्नको जवाफमा जुकरबर्गले यस्तो हुन् केही समय लाग्ने बताए तर यो चाँडैनै सम्भव हुने बताएका छन् । थ्रेड्सले ट्वीटरभन्दा राम्रो काम गर्छ कि गर्दैन भन्नेमा राय तीव्र रूपमा विभाजित रहेको छ ।