कीवर्डहरू -

अब युट्युबबाट अनलाइन गेम पनि खेल्न सकिने

अब युट्युबबाट अनलाइन गेम पनि खेल्न सकिने

विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युबले एपमा अनलाइन गेम खेल्न सकिने फिचरको परीक्षण सुरु गरेको छ ।

कम्पनीले 'प्लेएबल’ नामक नयाँ उत्पादनको परीक्षण गर्न कर्मचारीहरूलाई आमन्त्रित गरेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू यसमा परीक्षणको लागि उपलब्ध छन् ।

वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल पठाएको थियो ।

यी खेलहरू वेब ब्राउजरहरूमा युट्युबको साइट वा गूगलको एन्ड्रोइड वा एप्पलको आईओएस मोबाइल एपह मार्फत खेल्न सकिन्छ । युट्युबका प्रवक्ताले कम्पनीको ध्यान अब गेमिङमा रहेको बताएका छन् ।

धेरै प्रयोगकर्ताहरूले युट्युबमा खेलहरू स्ट्रिम गर्छन् र खेलहरूको लाइभ स्ट्रिमिङ हेर्छन् । घट्दो विज्ञापन राजस्वको कारण विकासको लागि नयाँ क्षेत्रहरू अन्वेषण गर्ने योजना बनाइरहेका कम्पनीका सीईओ नील मोहनले बताए । यही योजनाहरु मध्य एक अनलाइन गेम पनि हो ।

डब्लूएसजेको रिपोर्ट अनुसार धेरै खेलहरू कर्मचारीहरूलाई परीक्षणको लागि उपलब्ध गराइएको छ । यसमा विज्ञापनहरूको साथ स्ट्याक बाउन्स आर्केड खेल समावेश छ । अनलाइन गेमिङले युट्युबलाई गेमिङ उद्योगबाट पैसा कमाउने अर्को माध्यम दिनेछ ।

यसका साथै कम्पनीले केही नयाँ फिचरहरु पनि ल्याउने योजना बनाएको छ । गुगलको मातृ कम्पनी अल्फाबेटाको स्वामित्वमा रहेको युट्युबले विगत केही वर्षयता टिकटकसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।