कीवर्डहरू -

अब ह्वाट्सएपमा फुल स्क्रीनमा म्यासेज हेर्न सकिने 

अब ह्वाट्सएपमा फुल स्क्रीनमा म्यासेज हेर्न सकिने 

ह्वाट्सएप प्रयोगकर्ताले अब पुरा स्क्रीनमा म्यासेज हेर्न सक्ने भएका छन् । कम्युनिटी अनाउन्समेन्ट ग्रुपका प्रयोगकर्ताहरूले स्क्रिनमा पूर्ण चौडाइमै म्यासेज हेर्न सकिने सुविधा ह्वाट्सएपले ल्याउन लागेको हो ।

अहिले यो सुविधा बेटा परीक्षणका लागि उपलब्ध भएको छ । प्रयोगकर्ताहरूले मेसेजसँगै प्रोफाइल आइकन पनि हेर्न सक्नेछन् । पहिला प्लेटफर्ममा म्यासेज ब्याकग्राउण्डको साथ आधा स्क्रिनमा देखा पर्थ्यो ।

यस्तो अवस्थामा प्रयोगकर्ताले धेरै पटक लामो म्यासेज पढ्न गाह्रो महसुस गरिरहेको थिए । अब भने नयाँ अपडेटको साथ, लामो टेक्स्ट सजिलै पढ्न सकिन्छ ।

ह्वाट्सएपको यो नयाँ अपडेट प्रारम्भिक चरणमा केही एन्ड्रोइड बेटा परीक्षकहरूको लागि ल्याइएको हो । गुगल प्ले स्टोरबाट एप अपडेट गर्न सकिन्छ । यस बाहेक, ह्वाट्सएपका एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि यो नयाँ इन्टरफेस आगामी नयाँ अपडेटहरूसँग देख्न सकिन्छ ।