कीवर्डहरू -

ट्वीटरको विज्ञापनबाट हुने आम्दानीमा ५० प्रतिशत गिरावट

ट्वीटरको विज्ञापनबाट हुने आम्दानीमा ५० प्रतिशत गिरावट

ट्वीटरको विज्ञापन राजस्वमा ५० प्रतिशत गिरावट आएको छ । ट्विटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानीमा ५० प्रतिशत कमी आएको बताएका छन् ।

विगतको ऋणका कारण ट्विटरको ब्यालेन्स सिट अझै रातोमा रहेको स्वीकार गरेका हुन् । अझै, कम्पनी आर्थिक रूपमा कमजोर छ किनभने मस्कको अधिग्रहण पछि छोडेका धेरै विज्ञापनदाताहरू अझै पनि कम्पनीमा फर्केका छैनन् ।

“विज्ञापन राजस्वमा ५० प्रतिशत गिरावट र भारी ऋणको बोझका कारण हाम्रो नगद प्रवाह नकारात्मक छ,' मस्कले ट्वीटमार्फत भनेका छन् ।

त्यस कारण मस्कले ७५०० कर्मचारीलाई निलम्बन पनि गरेका थिए । गत अक्टोबरमा मस्कले माइक्रो–ब्लगिङ प्लेटफर्म ४४ बिलियनमा अधिग्रहण गरेका थिए, जसमा लगभग १३ अर्ब डलर ऋण समावेश थियो ।