कीवर्डहरू -

ह्वाट्सएप अकाउन्ट ह्याक गरी पैसा माग्दै ह्याकर

ह्वाट्सएप अकाउन्ट ह्याक गरी पैसा माग्दै ह्याकर

म्यासेन्जरमार्फत ह्याकरहरुले विभिन्न देशहरुमा ठूलो साइबर आक्रमण सञ्चालन गरिरहेको पाइएको छ । यी साइबर अपराधीहरूले फेसबुक प्रोफाइल ह्याक गरी मेसेन्जरमार्फत साथीहरूको सूचीमा रहेका व्यक्तिहरूलाई सम्पर्क गर्ने गरेको भारतको कोलकता पुलिसले बताएको छ ।

कोलकताका एक जना विद्यार्थी र व्यवसायीले पुलिसमा आएर निवेदन दिएपछि प्रयोगकर्ताहरुलाई सचेत हुन् भारतको कोलकता पुलिसले जनाएको हो ।

यी साइबर अपराधीहरूले फेसबुक प्रोफाइल ह्याक गरी मेसेन्जरमार्फत साथीहरूको सूचीमा रहेका व्यक्तिहरूलाई सम्पर्क गर्थे । त्यसपछि मेसेन्जरमा रहेको सूचीमार्फत पनि कुनै कार्यक्रम भईरहेको छ र त्यसमा सहभागी हुनलाई सम्पर्क गर्ने गरेका थिए ।

ह्याकररूले पीडितको सम्पर्क सूचीमा रहेका व्यक्तिहरूलाई सम्पर्क गरेर उनीहरूले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन आग्रह गर्छन् । यति गरेर एउटा लिङ्क पठाएर प्राप्तकर्तालाई क्लिक गर्न भनिन्छ । लिङ्क क्लिक गर्दा, सम्पर्कहरूलाई छ अङ्कको ओटीपी कोड साझा गर्न भनिन्छ ।

एक अनुसन्धान अधिकारीको अनुसार एक पटक लिङ्क क्लिक गरेर ओटीपी शेयर गरेपछि अभियुक्तले अर्को फोनबाट ह्वाट्सएप नम्बर पहुँच गर्न सक्छन् । किनकि यो ओटीपी वास्तवमा ह्वाट्सएप प्रमाणीकरण कोड हो ।

ह्वाट्सएप अकाउन्ट डिभाइमा फोन नम्बरसँग जोडिएको हुन्छ । जब ह्याकरहरूले तिनीहरूलाई आफैंसँग लिङ्क गर्ने प्रयास गर्छन्, त्यसबेलामा उनीहरुले ओटीपी कोड मार्फत यो गर्ने प्रयास गर्छन् । यो कोड ह्याकरहरूसँग साझा गरेर प्रयोगकर्ताहरूले आफ्नो ह्वाट्सएप अकाउन्टमा पहुँच गुमाउँछन् ।

एक पटक ह्वाट्सएप अकाउन्टमा ह्याकरले पहुँच पाइसकेपछि आपत परेको भन्दै पैसा माग्छन् । पछि फिर्ता गर्ने वाचा गर्छन् । त्यसपछि त्यो पैसा फिर्ता आउँदैन् ।