कीवर्डहरू -

ट्विटर अब डार्क मोडमा मात्रै चलाउन सकिने

ट्विटर अब डार्क मोडमा मात्रै चलाउन सकिने

ट्विटर अब डार्क मोडमा मात्रै प्रयोग गर्न सकिने भएको छ । ट्विटरलाई रिब्राण्डिङ गर्ने क्रममा ट्विटरका मालिक एलन मस्कले प्लेटफर्ममा छिट्टै डार्क मोड सुविधा मात्रै हुने जानकारी दिएका हुन् ।

एक ट्विटको जवाफ दिँदै मस्कले प्लेटफर्ममा चाँडै 'डार्क मोड’ मात्र हुने बताएका छन् । मस्कको ट्वीटले संकेत अनुसार प्रयोगकर्ताहरूसँग लाइट मोडमा स्विच गर्ने विकल्प हुने छैन् ।

हाल ट्विटरले प्रयोगकर्ताहरूलाई दुई मोड छनौट गर्ने विकल्प दिदै आएको छ । रिब्रान्डिङ अन्तर्गत मस्कले  ट्विटरको लोगो परिवर्तन गरिसकेका छन् भने कम्पनीको नाम समेत परिवरत्न गरेर एक्स कर्प राखिसकेका छन् ।