कीवर्डहरू -

फलो ब्याक नगरेका प्रयोगकर्तालाई अब इन्स्टाग्राममा एक पटक मात्रै म्यासेज पठाउन सकिने

फलो ब्याक नगरेका प्रयोगकर्तालाई अब इन्स्टाग्राममा एक पटक मात्रै म्यासेज पठाउन सकिने

फलो ब्याक नगरेका प्रयोगकर्तालाई अब इन्स्टाग्राममा अब एक पटक मात्रै म्यासेज पठाउन सकिने भएको छ । फोटो–सेयरिङ प्लेटफर्म इन्स्टाग्रामले आधिकारिक रूपमा नयाँ अपडेट ल्याउन लागेको हो ।

प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा अनावश्यक स्प्याम वा प्रत्यक्ष डिएम रिक्वेस्टबाट जोगाउन नयाँ सुविधा ल्याउने लागेको इन्स्टाग्रामले जनाएको छ ।

फलो ब्याक नगरेका व्यक्तिलाई एउटा सन्देश मात्रै पठाउन सकिने छ भने फोटो, भिडियो वा अडियो सन्देश पठाउन सकिने छैन् ।

मेटाको रिपोर्ट अनुसार, यो सुविधामा जुनदेखि काम गरिरहेको छ । चाँडै प्लेटफर्ममा उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीले सेक्रेट वर्ड र लिमिट्स फिचरमा काम गरिरहेको छ ।

सेक्रेट वर्डले आपत्तिजनक शब्द, वाक्यांश वा इमोजी भएको डिएम रिक्वेस्टलाई स्वतः गोप्य फोल्डरमा पठाइदिनेछ भने ’लिमिट्स’ फिचरले प्रयोगकर्ताहरूलाई अनावश्यक कमेन्ट वा डिएम रिक्वेस्टमा अचानक वृद्धि हुनबाट जोगाउने छ ।