कीवर्डहरू -

ग्रुप च्याटलाई थप व्यवस्थित बनाउन ह्वाट्सएपमा सेण्ड फर एडमिन रिभ्यु फिचर

ग्रुप च्याटलाई थप व्यवस्थित बनाउन ह्वाट्सएपमा सेण्ड फर एडमिन रिभ्यु फिचर

ग्रुप च्याटलाई थप व्यवस्थित बनाउन ह्वाट्सएपमा सेण्ड फर एडमिन रिभ्यु फिचर आउने भएको छ । हाल यो सुविधा बेटा प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । नयाँ सुविधा ह्वाट्सएप बेटा एन्ड्रोइड संस्करण २.२३.१६.१८ मा उपलब्ध हुनेछ ।

ह्वाट्सएप अपडेटहरू ट्र्याक गर्ने वेबसाइट वाबेटाइन्फोका अनुसार यस फिचरको मद्दतले समूहमा कुनै पनि म्यासेजलाई एडमिन समीक्षाको लागि पठाउन सकिन्छ । ग्रुप एडमिनिस्ट्रेटरले म्यासेज हटाउन वा रिपोर्ट गर्न सक्छन् ।

आगामी दिनहरूमा यो सुविधा थप प्रयोगकर्ताहरूमा विस्तार गरिने ह्वाट्सएपले जनाएको छ । ह्वाट्सएपले अहिलेसम्म आधिकारिक रूपमा यो सुविधा घोषणा गरेको छैन र यो सबै प्रयोगकर्ताहरूको लागि कहिले उपलब्ध हुनेछ भन्ने स्पष्ट पारेको छैन् ।

यो सँगै हाट्सएपले अर्काे नयाँ सुविधामा पनि काम गरिरहेको छ, जसले प्रयोगकर्ताहरूलाई इमेल ठेगाना प्रयोग गरेर आफ्नो खाता सुरक्षित गर्न अनुमति दिनेछ ।

रिपोर्टको अनुसार ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई अकाउन्टको सुरक्षा बढाउनका लागि इमेल ठेगाना सोध्ने छ । तर यो सुविधा कहिले र कसरी प्रयोग गरिनेछ भनेर स्पष्ट गरिएको छैन् ।