कीवर्डहरू -

मस्कलाई मार्कको जवाफः केज फाइट लाइभका लागि एक्सभन्दा थ्रेड्स राम्रो छ

मस्कलाई मार्कको जवाफः केज फाइट लाइभका लागि एक्सभन्दा थ्रेड्स राम्रो छ

सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्क हालै मेटाका सीईओ मार्क जुकरबर्गसँग लडाइ गर्ने विषयमा निकै उत्साहित देखिएका छन् । केही समय अघि एलन मस्कले मार्क जुकरबर्गसँग आफ्नो रिंग फाइटको बारेमा एक पोस्ट शेयर गरेका थिए ।

एलन मस्कले एक्समा पोस्ट साझा गर्दै प्रयोगकर्ताहरूले एक्स प्लेटफर्ममा उनको र जुकरबर्गको झगडा लाइभ हेर्न सक्ने बताएका थिए । यति मात्र होइन मस्कले यो लडाइको कमाइ दिग्गजहरूलाई दान गर्ने बताएका थिए । जुक भर्सेज मस्क लडाईको मामला पछिल्लो समय चर्चामा छ ।

मार्क यस विषयमा चुपचाप बसेका थिए । यसै क्रममा आफ्नो मौनता तोड्दै जुकरबर्गले आफ्नो टेक्स्ट–आधारित प्लेटफर्म थ्रेड्समा मस्कलाई जवाफ दिएका छन् । मार्कले झगडा लाइभ स्ट्रीम गर्न बढी विश्वसनीय एप प्रयोग गर्नुपर्ने भन्दै व्यंगात्मक रुपमा एक्स भन्दा थ्रेड्स बढी भरपर्दाे हुने बताएका थिए । मार्कले प्रयोगकर्ताहरूको लागि एक्स भन्दा राम्रो थ्रेड्स भएको दावी गरेका थिए ।