कीवर्डहरू -

ट्याब्लेट र फोल्ड गर्न मिल्ने डिभाइसहरूका लागि इन्स्टाग्राममा नयाँ इन्टरफेस सार्वजनिक

ट्याब्लेट र फोल्ड गर्न मिल्ने डिभाइसहरूका लागि इन्स्टाग्राममा नयाँ इन्टरफेस सार्वजनिक

इन्स्टाग्राम एन्ड्रोइडमा ट्याब्लेट र फोल्ड गर्न मिल्ने डिभाइसहरूको लागि अनुकूलित प्रयोगकर्ता इन्टरफेस नभएकोमा समयसमयमा आलोचित बन्दै आएको छ । प्रयोगकर्ताहरूले इन्स्टाग्रामको लागि डेडिकेटेड ट्याब्लेट लामो समय देखि माग गरिरहेका थिए । यही कुरामा हाल मेटाले काम गरेको छ ।

नाइन टू फाइभ गूगलको रिपोर्ट अनुसार इन्स्टाग्रामले अब ट्याब्लेट र फोल्ड गर्न मिल्ने उपकरणहरूको लागि नयाँ प्रयोगकर्ता इन्टरफेस रोल आउट गर्न थालेको छ ।

रिपोर्टका अनुसार नयाँ प्रयोगकर्ता इन्टरफेस ठूला स्क्रिनका लागि इन्स्टाग्रामको नयाँ यूआईमा आधारित छ । अपडेट गरिएको प्रयोगकर्ता इन्टरफेस ग्यालेक्सी जेड फोल्डको सुरुवात पछि रोल आउट भइरहेको छ ।

नाइन टू फाइभले पोस्ट गरेको इमेज अनुसार इन्स्टाग्राममा अब एक नयाँ डिजाइन गरिएको नेभिगेसन बार रहेको छ । नेभिगेसन पट्टी स्क्रिनको बायाँ छेउमा सारिएको छ र फिडले स्क्रिनको बाँकी भाग ओगटेको छ ।

पोष्टहरूले फोल्ड गर्न मिल्ने यन्त्रमा पनि धेरैजसो ठाउँ ओगट्छन् । नयाँ डिजाइन मोबाइल एप संस्करणको उपस्थितिलाई बेवास्ता गर्दै, स्क्रिनलाई राम्रोसँग सूट गर्न अनुकूलित गरिएको छ ।

यद्यपि रिलहरूको सर्तमा धेरै परिवर्तनहरू छैनन्, तिनीहरू अझै पनि दुवै छेउमा बाक्लो रेखा किनारहरू देख्नेछन्, तर रिलहरू ९ : १६ को अनुपातमा रेकड गरिने हुदा खासै फरक पर्दैन् । उल्लेख गरिए अनुसार, सबै बटनहरूको ठाउँ परिवर्तन भएको छ ।