कीवर्डहरू -

ब्रोकर नम्बर ६१ मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

ब्रोकर नम्बर ६१ मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६१) मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवामार्फत गर्न सकिने भएको छ । यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।

यस सम्झौताले लगानीकर्ताहरुलाई भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख प्रबन्धक आशिष गौतम र भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) का डेपुटी सीईओ हरी भण्डारी तथा महाप्रबन्धक अन्जिब तुलाधरले  हस्ताक्षर गरेका छन् ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।