कीवर्डहरू -

अब टिन्डरमा आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले सजिलै पार्टनर खोज्न सकिने

अब टिन्डरमा आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले सजिलै पार्टनर खोज्न सकिने

अनलाइन डेटिङ एप टिन्डरले चाँडै नै नयाँ सदस्यता योजनाहरू सुरु गर्न लागेको छ । यो वर्षको तेस्रो त्रैमासिकको अन्त्यसम्ममा नयाँ सुविधाहरू सहित टिन्डर आउने बताइएको छ ।

मेम्बरशीप प्लानमा धेरै परिवर्तनहरू देख्न सकिन्छ । यी नयाँ योजनाहरू जेनरेशन जेडलाई ध्यानमा राखेर लन्च गरिनेछन् । टिन्डर एपले चाँडै नयाँ मेम्बरशीप प्लान ल्याउनेछ ।

एपको मूल कम्पनी म्याच ग्रुपले यो खुलासा गरेको हो । शुरुआती प्रयोगकर्ताहरूले पहिले भन्दा धेरै पैसा खर्च गर्नुपर्ने हुन सक्छ । अर्थात् अहिले सुरु हुने प्लानको मूल्यमा नयाँ प्लान ल्याएपछि प्रयोगकर्ताले सुरुवाती योजनाका लागि पहिलेभन्दा बढी पैसा तिर्नुपर्नेछ । तर पैसा बृद्धि गर्नुुका साथसाथै कम्पनीले थप फिचर पनि दिने कुरा गरेको छ ।

कम्पनीले डेटिङ एपको नयाँ सदस्यता योजनाहरू कुन–कुन देशमा ल्याइने छ भन्नेबारे अझै स्पष्ट पारेको छैन् । यसका साथै कम्पनीले यी योजनाहरूमा कुन–कुन अतिरिक्त सुविधाहरू थप्न लागेको बारे कुनै जानकारी दिइएको छैन् ।

रोयटर्सका अनुसार कम्पनीले जेनेरेसन जेडका प्रयोगकर्ताहरू मिलेनियलको जेनरेशनभन्दा फरक रहेको बताएको छ । यसले डेटिङलाई फरक दृष्टिकोणबाट हेर्छ । जेनरेशन जेडलाई थप प्रामाणिकता, थप समावेशीता चाहिन्छ । यस परिप्रेक्ष्यमा हेर्दा, एपले प्रयोगकर्तालाई समान अनुभव दिन चाहन्छ ।

यस बाहेक एपले टिन्डरमा एआइलाई पनि समावेश गर्न लागेको छ । यसको मद्दतले, सही व्यक्तिहरूलाई सही सामग्री उपलब्ध गराउन सजिलो हुनेछ । यसले साथी खोज्न पहिले भन्दा सजिलो बनाउनेछ ।

यसका लागि धेरै टोलीहरू एपमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि ल्याउन काम गरिरहेका छन् । नयाँ सुविधाहरू अर्को दुई क्वाटरमा एपमा रोल आउट सुरु हुनेछ । यसअघि, टिन्डरले मार्चमा एपमा केही नयाँ सुविधाहरू पनि थपेको थियो ।

अब प्रयोगकर्ताहरूलाई उनीहरूको सर्वनाम छनौट गर्न थप विकल्पहरू दिइएको छ । एपले १५ विकल्पहरू प्रदान गरेको छ जुन प्रयोगकर्ताहरूको सेक्सुुल ओरियेन्टेसन र लिङ्गमा आधारित भएर छनोट गर्न सक्छन् ।