कीवर्डहरू -

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा वर्ल्डलिंकको बजार हिस्सा २८ प्रतिशत, अन्यको कति ? 

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा वर्ल्डलिंकको बजार हिस्सा २८ प्रतिशत, अन्यको कति ? 

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट तर्फ सबैभन्दा बढी बजार हिस्सा नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको रहेको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत वैशाखसम्मको टेलिकम्युनिकेसन इन्डिकेटरमा वर्ल्डलिंकको बजार हिस्सा सबैभन्दा बढी देखिएको हो ।

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा २८ प्रतिशत बजार हिस्सासहित शीर्ष स्थानमा रहेको वर्ल्डलिंक रहेको छ भने दोस्रो स्थानमा नेपाल टेलिकम रहेको छ । वर्ल्डलिंकका ग्राहक ७ लाख ५२ हजार ५७३ रहेका छन् भने नेपाल टेलिकमका ग्राहक २ लाख ८८ हजार ६१४ रहेका छन् ।

यस्तै फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको बमा क्लासिक टेक, भायानेट र सुबिसको बजार हिस्सा क्रमशः १०-१० प्रतिशत रहेको छ । क्लासिक टेकका फिक्स्ड इन्टरनेट प्रयोगकर्ता २ लाख ७० हजार ३३, भायानेटका २ लाख ६४ हजार ८३ र सुबिसुका २ लाख ५५ हजार ३९४ रहेका छन् ।

यस्तो बजार हिस्साको छैटौं स्थानमा डिश मिडिया रहेको छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । यस बाहेक सातौं स्थानमा ६ प्रतिशत बजार हिस्सासहित वेब सर्फर, आठौं स्थानमा ४ प्रतिशत बजार हिस्सासहित टेक माइन्ड्स, नवौं र दशौं स्थानमा क्रमशः २-२ प्रतिशत बजार हिस्सासहित ब्रोडलिंक र सीजी इन्टरनेट रहेका छन् । त्यसबाहेक बाँकी इन्टरनेट सेवा प्रदायकको बजार हिस्सा ८ प्रतिशत रहेको छ ।

डिशहोम फाइबरनेटका फिक्स्ड इन्टरनेट प्रयोगकर्ता २ लाख २९ हजार ६७६, वेब सर्फरका १ लाख ४७ हजार ४४७, टेक माइन्ड्सका १ लाख १५ हजार ४५८, ब्रोडलिंकका ६३ हजार ३३२ र सीजी नेटका ४७ हजार १८४ रहेका छन् ।

\"\"
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण