कीवर्डहरू -

ह्वाट्सएपमा स्क्रीन शेयर फिचर सार्वजनिक

ह्वाट्सएपमा स्क्रीन शेयर फिचर सार्वजनिक

अब ह्वाट्सएपमा स्क्रीन शेयर गर्न सकिने भएको छ । यो फिचरले ह्वाट्सएपका प्रयोगकर्ताहरूलाई अन्य प्रयोगकर्ताहरूसँग आफ्नो स्क्रिन सेयर गर्न सजिलो हुनेछ । यो अपडेटले गर्दा प्रयोगकर्ताले भिडियो कलको समयमा स्क्रिन सेयर गर्न सक्छन् ।

स्क्रिन सेयरिङको यो विकल्प भिडियो कल गर्दा मात्र प्रयोग गर्न सकिन्छ । भिडियो कल गर्दा स्क्रिनको तल्लो भागमा स्क्रिन सेयरिङ अप्सन देखा पर्नेछ । यो स्क्रिन कल कन्ट्रोल भ्यूमा उपलब्ध छ । यहाँ प्रयोगकर्ताले कल म्युट गर्ने अप्सन पनि पाउँछन् ।

यस बाहेक क्यामेरा रोटेट र स्क्रिन सेयरिङको साथमा कल एण्ड गर्ने अप्सन पनि रहेको छ ।  प्रयोगकर्ताले स्क्रिन सेयरिङ अन गर्ने बित्तिकै, स्क्रिन रेकर्डिङ सुरु हुन्छ र अन्य सहभागीहरूसँग आफ्नो स्क्रीनमा रहेको करा सेयर गर्न सकिन्छ ।

नयाँ सुविधा प्रयोग गर्न एन्ड्रोइडको नयाँ संस्करण हुनु आवश्यक छ । यसका साथै भिडियो कलका सबै सहभागीहरूसँग एन्ड्रोइडको नयाँ संस्करण पनि हुनु पर्छ । यो सुविधाले ठूला ग्रुप  कलहरूमा काम गर्दैन् ।