कीवर्डहरू -

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ लाख पर्ने इनर्जिका इगो आरएस विद्युतीय मोटरसाइकल पनि राखिएको छ ।

सम्भवत इनर्जिका इगो आरएस नेपालमा उपलब्ध मोटरसाइकल मध्ये महंगो मोटरसाइकल हो । इनर्जिका विद्युतीय मोटरसाइकल इटालीमा बनेको मोटरसाइकल हो ।

आकर्षक लुक्स भएको इनर्जिका इगो आरएसको मूल्य ५८ लाख रूपैयाँ तोकिएको छ । यसमा अधिकतम स्पीड क्षमता २४० किलोमिटर प्रति घण्टा रहेको छ । एक पटक चार्ज गर्दा ४२० किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ ।

बाइकमा २१.५ किलोवाटको ब्याट्री राखिएको छ । इनर्जिका इगो आरएसको ब्याट्रीमा ३ वर्ष र भेहिकलमा २ वर्षको वारेन्टी पाइने छ । मोटरसाइकल स्लो चार्ज र फास्ट चार्ज दुबै प्रविधि छ ।

स्लो मोडमा चार्ज गर्दा ९५ प्रतिशत चार्ज हुन ६ घण्टा लाग्छ भने फास्ट चार्जमा ९५ प्रतिशत चार्ज हुन १ घण्टा लाग्ने छ । यसको तौल २६० केजी रहेको छ । नेपालमा इनर्जिका ब्राण्डका विद्युतीय मोटरसाइकलको आधिकारिक बिक्रेता इन्युरो मोटर्स प्रालि हो ।