कीवर्डहरू -

जीडब्लुएमको विद्युतीय गाडी ओरा ०३ को डेलिभरी सुरु, यस्ता छन् सुविधा

जीडब्लुएमको विद्युतीय गाडी ओरा ०३ को डेलिभरी सुरु, यस्ता छन् सुविधा

भीजी ईम्पेक्सले नेपालमा जीडब्लुएमको इलेक्ट्रिक-क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । जीडब्लुएमले ओरा ०३ को लागि गत जेठ ३ गते बुकिङ खुला गरेको थियो ।

बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो-मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा ०३ मा ४८ किलोवाट ब्याट्रीको साथ प्रभावशाली ड्राइभिङ्ग रेन्ज रहेको छ । ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो,  जसले एएनसीएपी र युरोएनसीएपी दुवैमा फाईभ-स्टार प्राप्त गरेको छ ।

ओरा ०३ मा सीक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी-लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।