काठमाडौं। सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केहि दिन अघि मात्र नेशनल सर्भर ह्याक भएको खुलासा गरेका छन।
प्रतिनिधिसभाको विकास समिति बैठकमा केहि दिन अघि ५ घण्टा सम्म नेशनल सर्भर ह्याक भएको बताएका हुन।
सुचना प्रविधि विधेयक माथिको छलफलका क्रममा मन्त्री बाँस्कोटाले यसलाई साधारण रुपमा बुझ्नु नहुने र यसले बैंकिङ र प्रशासनिक क्षेत्रमा समेत असर पार्न सक्ने बताए।