कीवर्डहरू -

विश्वका उत्कृष्ट साइबर सुरक्षा कम्पनीको सूचीमा नेपालका क्रिप्टोजेन र ग्रिनटिक नेपाल

विश्वका उत्कृष्ट साइबर सुरक्षा कम्पनीको सूचीमा नेपालका क्रिप्टोजेन र ग्रिनटिक नेपाल

विश्वका उत्कृष्ट २५० साइबर सुरक्षा कम्पनीको सूचीमा नेपालका दुईवटा कम्पनी पर्न सफल भएका छन् ।

एमएसएसपी अलर्ट नामक संस्थाले सार्वजनिक गरेको सन् २०२३ को सूचीमा नेपालका साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपाल र ग्रिनटिक नेपाल पर्न सफल भएका हुन् ।

उत्कृष्ट २५० साइबर सुरक्षा कम्पनीको सूची कम्पनीको वार्षिक आम्दानी, नाफा, बिजनेस ग्रोथ, साइबर प्रोफेसनल, सेवा लगायतको आधारमा तयार पारिएको हो ।

यी आधारमा तयार पारिएको सूचीमा क्रिप्टोजेन नेपाल १६३ औं स्थान र ग्रिनटिक नेपाल २४७ औं स्थानमा रहेका छन् । क्रिप्टोजेन नेपालले सन् २०२० मा स्टार्टअप आइसिटी अवार्ड समेत पाएको थियो ।