सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रम अन्तर्गत आज नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आयोजनामा यातायात कार्यालय एकान्तकुनामा सेवा शुभारम्भ भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता र बागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको अध्यक्ष्यतामा भएको कार्यक्रम अनलाइन राजस्व भुक्तानीको सुरूवात गरिएको हो ।
अनलाइन प्रणालीको उद्घाटन गर्दै मन्त्री ज्वालाले सेवालाई प्रभावकारी र निरन्तर सञ्चालन गरिराख्न राष्ट्र सेवक कर्मचारी विशेष गरी प्राविधिक कर्मचारीहरूलाई विशेष अनुरोध गरेका थिए ।
साथै उनले सम्पूर्ण सेवाग्राहीहरुलाई चुस्त स्फूर्त सेवा प्रदान गर्ने कुरामा जोड दिएका थिए । पहिलो चरणमा सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली यातायात कार्यालय एकान्तकुनामा सुरू भएको छ । विस्तारै अन्य कार्यालयमा पनि विस्ता हुने जनाइएको छ ।