कीवर्डहरू -

अनरले  सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'

अनरले  सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'

हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्यामेरा रहेको छ । त्यस्तै अनर ९ लाइट यहि डिसेम्बर २६ बाट चाईनिज बजारमा बिक्रि सुरु हुनेछ र त्यसपछि रुस,बेलायत तथा भारत लगायतका विश्वका १४ वटा देशका बजारमा बिक्रीको लागि आउने छ ।

अनर लाइट ९ एनड्रोइड ८.० ओरियो भर्जनमा  उपलब्ध हुनेछ । त्यस्तै यसमा आइपिएस एलसीडी ५.६५ इन्च फुल एचडी  डिस्प्ले रहेको छ ।हुवावे हाईसिलिकन ६५९ को ओक्टाकोर  प्रोससर रहेको रहेको यो स्मार्टफोन ३ जीबी र ४ जीबी र्याम भएको दुइवटा संस्करणमा उपलब्ध हुनेछ ।

\"\" उक्त स्मार्टफोनमा दुवै तर्फ डुअल क्यामेराको  प्रयोग गरिएको छ । दुबै तर्फ प्राइमरी १३ एमपी र सेकेण्डरीमा २ एमपीको क्यामेरा जडान गरिएको छ। रियर क्यामेरामा पिडिएफ् अटोफोकस र एलईडी लाइट जस्ता फिचरहरु राखिएको छ,जसले गर्दा यो फोनबाट राम्रो क्वालिटीको फोटो खिच्न सकिन्छ ।त्यस्तै यो फोनमा ३२ जीबी र ६४ जीबीको इन्बिल्ट स्टोरेज पनि दिईएको छ, जसलाई एसडी कार्डको सहायताबाट २५६ जीबी सम बढाउन सकिन्छ ।

फोनको ब्याट्रीको कुरा गर्दा ३००० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग भएको छ,जसको टक टायम थ्रीजीमा  २० घण्टा छ । त्यस्तै अनर ९ लाइटमा जायरो,एक्सेलेरोमिटर, प्रोक्सीमिति जस्ता सेन्सरहरु राखिएका छन् ।