कीवर्डहरू -

६ वर्षिय बालकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

६ वर्षिय बालकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

काठमाडौं। मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षिय बालक रोशन महतोको मृत्यु भएको छ। चिसो हातले चार्जमा राखेको मोबाइल छुदा करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मोरङको रतुवामाई नगरपालिका घर भई अहिले झापाको गौरादह ८ दामाबारी  चोक  स्थित मामाघर बस्दै आएका रोशन ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए।

बालकको शव परीक्षणका लागी दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो।