कीवर्डहरू -

आइसिटी अवार्ड २०१९ मा काठमाण्डौं वाहिरका प्रतिस्प्रधीहरुको सख्या उत्साहजनक

उत्कृस्ट ११ मा ६ बढी प्रतिस्प्रधी मोफसलबाट

आइसिटी अवार्ड २०१९ मा काठमाण्डौं वाहिरका प्रतिस्प्रधीहरुको सख्या उत्साहजनक

लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ मा उत्साहजनक नोमिनेशन प्राप्त भएको थियो । जेष्ठ महिनामा खुल्ला गरिएको अनलाइन आवेदनमा विभिन्न ९ विधामा १५० बढिको नोमिनेशन प्राप्त भएको थियो ।

गत आइतबार अवार्डको ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको थियो । उत्कृष्ट ११ बाट उत्कृष्ट ५ को लागि असार २८ गते प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसन सञ्चालन हुनेछ ।

यस वर्ष काठमाण्डौ वाहिरबाट उत्साहजनक नोमिनेशन प्राप्त भएको छ । विशेषगरी स्टार्टअप, प्रडक्ट र राइजिङ स्टुडेन्ट विधामा दर्जनबढि नोमिनेशनहरु काठमाण्डौ वाहिरबाट प्राप्त भएको आयोजकले जनाएको छ । उत्कृष्ट ११ मा पर्न सफल २ भन्दा बढि स्टार्टअप कम्पनीहरु काठमाण्डौ वाहिरबाट रहेका छन । यसैगरी ४ वटा प्रडक्टहरु मोफसलबाट उत्कृष्ट ११ मा पर्न सफल भएका छन । राइजिङ स्टुडेन्टमा समेत २ बढि फाइनलिस्ट काठमाण्डौ वाहिरका कलेजबाट प्रतिस्प्रधा गरिरहेका छन ।

११ सदस्यीय निर्णायक समूहले विभिन्न चरणको छनोटमार्फत् शीर्ष ११ को टुंगो लगाएको हो । यी ३ विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा ८० भन्दा बढिको सेल्फ नोमिनेशन प्राप्त भएको थियो ।

बिराटनगर, चितवन, बुटवल, पोखरा र नेपालगञ्ज क्षेत्रबाट राम्रो नोमिनेशन प्राप्त भएको थियो । उत्कृष्ट ११ मा परेका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टुडेन्ट समुह शनिवार प्रिजेन्टेशन तथा अन्तवार्ताको लागि काठमाण्डौ आइसकेको जानकारी प्राप्त भएको छ ।


यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमना टेक्नोलोजी, किनिकल टेक्नोलोजी प्रालि, ई–डिजिटल पेमेन्ट प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी प्रालि, किताबयात्रा डटकम, यति बुक्स स्टोर, टायर ट्रिजर्स, युजी केक्स प्रालि, उनेल्मा प्लाटफर्म र वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् ।


त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०१९ अन्तर्गत शीर्ष ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, डिजिटल नेपाल, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका छन् ।


त्यसैगरी राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ मा बचाओ एप, हेल्प इआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान, स्र्मा बोट फर रेक्स्यु, वाटर टेस्टर एप, इमेज सर्भ इन्जिन, नेपाली स्टेमिङ, भिनसेल फेस र ट्रिप सहयात्री छानिन सफल भएका छन् ।

\"\"


आयोजकले यस वर्ष काठमाण्डौ वाहिर विभिन्न ३ प्रदेशहरुमा स्टार्टअप एण्ड इन्नोभेसन मेलाको समेत आयोजना गरेको थियो । प्रादेशिक सरकार निमार्ण भइसकेपछि स्थानिय स्तरमा नै उद्यमशिलता र स्टाटअप गर्नेहरुको सख्या बढ्दै गइरहेको छ ।


जुरी समुहबाट प्राप्त जानकारी अनुसार पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड,  डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०१९ को छनोट प्रक्रिया जारी रहेको छ ।


साउन ३२ गते सोल्टी होटलमा आयोजना हुने चौथो सस्करणको ग्राण्ड फिनाले विभिन्न टेलिभिजन अनलाइन, हाम्रो पात्रो एप लगायतमा प्रत्यक्ष प्रशारण समेत हुनेछ ।