कीवर्डहरू -

साउन २ देखि ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजी २०१९ʼ, एक दर्जनभन्दा बढी आकर्षक कार्यक्रम  हुने

साउन २ देखि ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजी २०१९ʼ, एक दर्जनभन्दा बढी आकर्षक कार्यक्रम  हुने

काठमाडाैं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा एनसीआइटी एक्सपो अन टेक्नोलोजी (नेक्स्ट) आयोजना हुने भएको छ ।

आगामी साउन २, ३ र ४ गते हुने एक्स्पाेमा वर्कक्याम्प, ह्याकाथन, प्रोजेक्ट एक्जिबिसन, सेमिनार, टेक टक्स, लजिक ब्याटल, र्यापिड कोडिङ टुर्नामेन्ट, ओपन सोर्स प्रोमोसन, रोबो रेसिङ लगायतका कार्यक्रम हुनेछन् ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर ब्याचलर र मास्टर लेभलका कार्यक्रम सञ्चालन गर्दै आएको यो कलेज सन् २००१ देखि शिक्षा क्षेत्रमा क्रियाशील छ ।

\"No

एनसिआइटीको इतिहासमै यो सबैभन्दा ठूलो प्रविधिको महत्सव भएकाले कलेजले यो एक्स्पो सफल बनाउन सबै सरोकारवालासँग सहयोगको अपेक्षा राखेको छ । यस्ता इभेन्टले इन्जिनियरिङ विद्यार्थीलाई व्यवहारिक ज्ञान अभिवृद्धि गर्न सघाउने विश्वास कलेजको छ ।

३ दिने यो इभेन्टमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३७ कलेज, उपत्यकाका प्लस टु कलेजहरु र अन्य इन्जिनियरिङ कलेजबाट विद्यार्थीको सक्रिय सहभागिता रहने छ ।

एक्स्पोमा विभिन्न कम्पिटिशन, वर्डक्याम्प सेमिनार, गेस्ट लेक्चर आदि हुने छ ।

  • Hackathon
  • Workcamp
  • Tech talks
  • Seminar
  • Logic Battle
  • Rapid code tournament
  • Robo Racing
  • Robo Soccer
  • Project Exhibition
  • Walk-In Interview
  • Open source promotion

\"Image