कीवर्डहरू -

यस्ता छन, उत्कृट ५ आइसिटी स्टार्टअप कम्पनीहरु

३० बाट छनौट चरणमा २४, त्यसपछि उत्कृष्ट ११ हुदै प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनबाट उत्कृष्ट ५

यस्ता छन, उत्कृट ५ आइसिटी स्टार्टअप कम्पनीहरु

स्टार्टअप आइसिटी अवार्ड २०१९ मा देशभरबाट ३० भन्दा बढी अनलाइन आवेदन परेको थियो । यो विधामा सूचना प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय गरिरहेका तीन वर्ष बिचका कम्पनीहरुले सहभागिता जनाएका थिए । छनौट चरणमा २४, त्यसपछि उत्कृष्ट ११ हुदै प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनबाट उत्कृष्ट ५ को छनौट गरिएको थियो । यस वर्ष यस विधामा पब्लिक भोटसँगै जुरी समुहले कम्पनीको फिल्ड भिजिट पनि गरेको छ ।

उत्कृष्ट ५ स्टार्टअप कम्पनी यस प्रकार छन ।

ई डिजिटल नेपाल प्रालि
हाम्रो टेक्नोलोजी प्रालि
खाली सिसी म्यानेजमेन्ट प्रालि
युजी केक्स प्रालि
र वाकम्यान – ग्रिन कोइन्स


ई डिजिटल नेपाल
नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणाली र डिजिटल सूचना व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्ने उद्धेश्यसहित आएको स्टार्टअप हो ई डिजिटल नेपाल प्रालि । यसले छोटो समयमै ४०० भन्दा बढी स्कुललाई यसको स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटाइज गरिसकेको छ । वैशाख २०७५ देखि आएको यो स्टार्टअपको हेड अफिस काठमाडौंमा छ र प्रदेश १ को इटहरीमा शाखा पनि खोलेको छ । इन्नोभेटिभ सोलुसन्सका लागि आइटी क्षेत्रमा अनुभव संगालेको टिमले यो स्टार्टअप हाँकिरहेको छ ।

https://ictaward.org/e-digital-nepal-pvt-ltd/

हाम्रो टेक्नोलोजी
जुलाई २०१६ मा स्थापना भएको हाम्रो टेक्नोलोजी प्रालि फिनटेक कम्पनीको रुपमा चिनिन्छ । यो कम्पनीले सफ्टवेयर सोलुसन्स, मोबाइल कन्सल्टिङ, डेभलपमेन्ट सर्भिस लगायतका सेवा क्लाइन्टलाई प्रदान गर्दै आइरहेको छ । क्वालिटी इन्टरप्राइज एप्लिकेशन सफ्टवेयर प्रडक्ट प्रदान गर्ने योजना अघि सारेको कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु लगायत सबै प्रकारका इन्टरप्राइजहरुलाई सेवा दिने योजना ल्याएको छ । कम्पनीको स्थापना २०१६ को जुलाईमा भएको हो । हालसम्म १० बैंक र २ सयभन्दा बढी सहकारीका हाम्रो टेक्नोलोजी प्रालिको प्रडक्ट प्रयोग भइरहेको छ । कम्पनीले mBank, ParewaSMS, iBank, eTabBank, Khanepani Collector App लगायतका प्रडक्ट ल्याएको छ ।

https://ictaward.org/hamro-technology-pvt-ltd/

खालि सिसी म्यानेजमेन्ट
वातावरण र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको स्टार्टअप हो खाली सिसी प्रालि । यसको डिजिटल प्लाटफर्मले पुनःप्रयोग गर्न सकिने फोहोरलाई ल्याण्डफिल साइटमा पुग्न दिदैन । यसका लागि वेब बेस्ड प्लाटफर्म तयार पारिएको छ जसले फोहोर बेच्ने र फोहोर किन्ने मानिसलाई जोड्छ । २०१७ को जुनमा स्थापना भएको कम्पनीले हाल दुतुवास, सरकारी संस्था, स्कुल, एनजिओ आइएनजिओ, रेस्टुरेन्ट, घर, हस्पिटल आदि खालि सिसीका कार्यक्षेत्र वा कस्टमर हुन् । प्रत्येक घरबाट निस्कने ६० देखि ७० प्रतिशत फोहोर पुनः प्रयोग गर्न मिल्ने किसिमको हुन्छ । विभिन्न स्थानमा गई फोहोर उठाउने खालिसिसी साथीमार्फत् यो कम्पनीले काम गरिरहेको छ । हाल ३ सयभन्दा बढी खालिसिसी साथीको नेटटवर्क रहेको छ । यो स्टार्टअपले मानिसलाई फोहोरको पुर्नप्रयोग गर्न पनि हौसला दिएको छ । हाल देशका धेरै ठाउँहरुमा खालि सिसी साथीहरु (फोहोर क्रेता) पुगेका छन् ।

https://ictaward.org/khaalisisi/

युजी केक्स
२०७४ को जेठमा स्थापना भएको युजी केक्स अहिले अर्बान गर्ल इंक प्रालिको एउटा भाग भएको छ ।  अहिले त केक किन्न विभिन्न पसल चहारिरहनु पर्दैन । एक कलकैै भरमा वा अनलाईनमा अर्डर गरेकै भरमा आफूले चाहेजस्तो डिजाइनको र स्वादको केक घरमै आइपुग्छ । व्यस्त जीवनशैलीका कारण समय अभाव हुनेले अनलाईन मार्फत केक अर्डर गर्ने गर्छन । बेकरी इन्डस्ट्रीको अटोमेसनमा सरिक युजी केक्सले विशेषगरी युवा र त्यसमा पनि महिलामाझ प्रिय छ । साथै विदेशमा रहेका नेपालीले आफ्ना आफन्तलाई केक गिफ्ट गर्ने सजिलो तरिका पनि युजी केक बनेको छ । युजी केक्सले केकको उत्पादन र डेलिभरीमा आफूलाई अब्बल बनाउन खोजिरहेको छ । कम्पनीले केकको अर्डर, पेमेन्ट, तयारी, गुणस्तर परीक्षण, डेलिभरी, ट्रयाकिङ, डेलिभरी कन्मर्फेशन आदिका लागि सफ्टवेयरको सहयोग लिने गरेको छ । मध्य बानेश्वरमा रहेको यस कम्पनीमा दुई दर्जनबढिले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन ।

https://ictaward.org/ug-cakes/

वाकम्यान ग्रिन कोइन्स
२०७५ को फागुनमा सार्वजनिक भएको वाकम्यान ग्रिन कोइन्स, हिँड्न हौस्याउने यस्तो एप हो जसमार्फत् प्रयोगकर्तालाई हिँडेको प्रत्येक पाइला रेकर्ड गर्दै भर्चुअल करेन्सी प्रदान गरिन्छ । प्रयोगकर्ताहरुले १० हजार स्टेप बराबर १०० ’क्वइन’ प्राप्त गर्नेछन् । ती क्वइनहरुबाट विभिन्न रेष्टुरा र स्टोरहरुमा छुट पाउन सकिनेछ । नेपालमा धेरैले स्मार्टफोन प्रयोग गर्छन् । तर यसको प्रयोग सामाजिक सञ्जाल चलाउन सिमित छ । वाकम्यान ग्रिन कोइन्सबारे जानकारी हुने प्रयोगकर्ताले अवश्य पनि मन पराउन सक्ने छन् । अहिले एपको प्रयोगकर्ता एक हजार पुगिसकेका छन् भने बिटुबी पार्टनर २० भन्दा बढी रहेका छन् । यो निःशुल्क एप हो जहाँ जिपिएस र फुट ट्रयाकिङ सिस्टम रहेको छ । यसले छोटो दुरीका लागि गाडी चड्नुभन्दा हिँडन हौसला गर्दछ ।

https://ictaward.org/walkman-green-coins/