कीवर्डहरू -

 ओपोले घटायो स्मार्टफोनको मूल्य

 ओपोले घटायो स्मार्टफोनको मूल्य

ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भ्यारियण्ट (३ जीबी तथा ४ जीबी) र ए७१को मूल्य समायोजन गरिएको छ । आफ्ना उपभोक्ताहरुका लागि नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ ।


सेप्टेम्बर २०१६मा सार्वजनिक गरिएको ओपो एफवानएस नेपालमै कम्पनीको पहिलो फ्ल्यागशिप मोडल हो । डुअल सेल्फी क्यामेरा (एउटा सेल्फी र अर्को सामुहिक सेल्फीका लागि ) सहितको एफथ्री मे–२०१७मा सार्वजनिक गरिएको हो ।

नेपाली स्मार्टफोन बजारमा बेष्ट सेलर मध्य रहेका दुबै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्ता माझ निकै लोकप्रिय रहेका छन् । त्यसैगरी, सेप्टेम्बर २०१७मा सार्वजनिक ए७१ मिडरेञ्ज्ड फोन हो ।  ए७१ यूवा वर्ग र विशेष गरी कलेज अध्ययनरत यूवा पुस्ता माझ विशेष लोकप्रिय रहेको छ ।

\"\"
‘उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्दै तिनलाई उत्पादन मार्फत समग्र सन्तुष्टि प्रदान गर्नु हाम्रो पहिलो प्राथमिकता हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने , ‘उपभोक्ता माझबाट अफर, छुट लगायतको माग हुँदै आइरहेको कुरालाई दृष्टिगत गर्दै हामीले नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप मूल्य समायोजन सहित लोकप्रिय फोन उपलब्ध गराएका हौँ । यो कदमले तिनको माग सम्बोधन गर्नु हाम्रो उद्देश्य हो ।’


मूल्य समायोजन पश्चात ओपो एफथ्रीको मूल्य रु. ३१,५९० एफवानएस (४जीबी) रु. २८,९९०, एफवानएस (३जीबी) रु. २७,९९० र ए७१को रु. २०,४९० निर्धारण गरिएको छ ।