कीवर्डहरू -

सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस

सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस

सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा  ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन  ग्यालेक्सी ए ८ (२०१८ ) र ग्यालेक्सी ए ८ प्लस  (२०१८ ) लन्च गरेको छ ।नयाँ सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लसमा डुअल फ्रन्ट क्यामेरा राखिएको छ । त्यसको अलावा इन्फीनीटि डिस्प्ले रहेको छ । कम्पनिका अनुसार उक्त ए सिरिजको नयाँ स्मार्टफोनले प्रयोगकर्तालाई स्टायलिस र शानदार अनुभव दिने छ । यी फोनहरु लन्च हुनुभन्दा अघि पनि यी ह्यान्डसेटहरुको जानकारी विभिन्न खबरहरुमा आएको थियो । नयाँ सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लस अब २०१८ को जनवरी देखि बिक्रिमा आउने छ ।

सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लस दुवै फोनहरु आइपी ६८ सर्टिफाइड हुन् र गियर र भिआर हेडसेट सपोर्ट गर्ने सामसङको पहिलो ह्यान्डसेटहरु पनि हुन् । सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लसमा क्रमश : ५.६ इन्च र ६ इन्च एफएचडीको सुपर एमोलेड डिस्प्ले रहेको छ ।यसको डिस्प्ले २२२० x १०८०पिक्सेलको फुलएचडी  रेजोलुसन तथा१८.५:९ को एस्पेक्ट रेसिओमा रहेको छ । इन्फिनिटी डिस्प्ले पेनेलको माथि कर्भ्ड ग्लास प्रोटेक्सन रहेको छ । सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लस दुवै स्मार्टफोन एनड्रोइड ७.१.१ नोगात भर्जनमा चल्छ

\"\" दुवै ह्यान्डसेटमा ओक्टाकोर प्रोसेसर (दुइ कोर्हरु २.२ जिएचजेड र बाँकी छ वटा कोरहरु १.६ जिएचजेड ) छ भने ग्यालेक्सी ए ८ मा ४ जीबी र्याम र ३२ रोम तथा सामसङ ग्यालेक्सी ए ८ प्लसमा भने ४जिबि र ६ जीबी र्याम तथा ६४ जीबी रोम अप्सनमा उपलब्ध छ। साथमा माइक्रो एसडी कार्डको सहायतामा  २५६ जीबी सम्म स्टोरेज बढाउन सकिन्छ ।

सामसङले यी दुइ नयाँ सिरिजहरुमा फ्रन्टमा दुइवटा क्यामेराहरु प्रदान गरेको छ । रियरमा फिक्स्ड फोकस १६ एमपी तथा फ्रन्टमा भने १६ + ८ एमपीको क्यामेरा रहेको छ ।एफ /१.९ र एफ/ १ एपर्चर भएका ती दुवै क्यामेरामा प्रयोगकर्ताहरुलाई विकल्प राखीएको छ ,ब्यागराउण्ड सहित सेल्फी लिन पनि सकिन्छ अथवा ब्यागराउण्डलाइ ब्लर गरेर मानिसको मात्र सेल्फी लिन पनि मिल्छ । त्यस्तै फोनको रियर क्यामेराको लेन्स भने एफ /१.७ एपर्चरको रहेको छ र यसको सेन्सरले भिडियो डिजीटल इमेज स्टेबिलाइजेसन टेक्नोलोजी सपोर्ट गर्छ । त्यस्तै हाइपरल्याप्स  तथा फुड मुड जस्ता  फिचरहरु सपोर्ट गर्छ ।

सामसङ ग्यालेक्सी ए ८ को ब्याट्री ३००० mAh  को छ भने, सामसङ ग्यालेक्सी ए ८ प्लसको ब्याट्री ३५०० mAh को प्याक भएको छ । यसका साथै यी ह्यान्डसेटहरू ब्ल्याक,ब्लु,गोल्ड र अर्कीड ग्रे कलर अप्सनमा उपलब्ध रहनेछन् । सामसङले ए सिरिजका स्मार्टफोन लन्च गरेपनि ती नयाँ फोनहरुको मूल्य वास्तविक कति रहनेछ भन्ने कुराको जानकारी भने स्पष्ट रुपमा खुलाएको छैन्  ।