कीवर्डहरू -

कोकाकोला नेपाल आइडल सिजन ३ को मुख्य प्रायोजक

कोकाकोला नेपाल आइडल सिजन ३ को मुख्य प्रायोजक

काठमाडौं । कोकाकोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता “नेपाल आइडल” सिजन ३ मा मुख्य प्रायोजन गरेको छ ।

नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी १ टेलिभिजन मार्फत प्रसारण हुनेछ ।

जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ । कोकाकोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोकाकोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।