कीवर्डहरू -

हुवावेको दशैंमा अफरः बाली भ्रमण र थाइल्याण्ड भ्रमण गर्न सकिने

हुवावेको दशैंमा अफरः बाली भ्रमण र थाइल्याण्ड भ्रमण गर्न सकिने

यसपालिको दशैंमा हुवावे नेपालले आफ्नो ग्राहकहरुको लागि खुशीको बहार लिएर आएको छ । जस अन्तर्गत कुनै पनि हुवावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर हुवावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात,५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात, ५ दिन) जित्ने मौका प्राप्त गर्न सक्ने छन् ।

यस प्रतियोगितामा सहभागी हुनको लागि सर्वप्रथम त हुवावेको प्रयोगकर्ता हुनेपर्नेछ । हुवावे फोन किनेपछि आफ्नो मान्य IMEI नम्बर राखेर यही भाद्र २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्नेछ ।

सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ ।

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि हुवावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ ।

आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र शेयर गर्न सक्नुहुनेछ । सहभागी हुनको लागि http://tiny.cc/6hkvcz लिङ्क फलो गर्नुहोस् ।