कीवर्डहरू -

हुवावेको मेट सिरिजका दुई स्मार्टफोन सार्वजनिक, गुगलका एप्स नचल्ने

हुवावेको मेट सिरिजका दुई स्मार्टफोन सार्वजनिक, गुगलका एप्स नचल्ने

हुवावेले मेट सिरिजका हुवावे मेट ३० र मेट ३० प्रो सार्वजनिक गरेको छ । यसबाहेक उक्त कार्यक्रममा हुवावे वाच जीटी २, हुवावे भिजन स्मार्ट टिभी र हुवावे फ्रिबर्डस ३ पनि सार्वजनिक गरेको छ ।

हुवावे मेट ३०

६.६२ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको यो फोनमा किरिन ९९० प्रोसेसर प्रयोग गरिएको छ ।

यो स्मार्टफोन ८ जीबि र ६ जिबी र्याममा उपलब्ध रहेको छ भने २५६ जिबी इन्टर्नल स्टोरेज रहेको छ । यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम हुनेछ । तर यसमा गुगलका एप्स हरु भने चल्ने छैन्न ।

यो फोनमा ४२ सय एमएएचको ब्याट्री रहेको छ र यसले सुपर फास्ट चार्जको सपोर्ट गर्छ । यसमा ४० मेगापिक्सेल, १६ मेगापिक्सेल र ८ मेगापिक्सेलका रियर क्यामेराहरु रहेका छन् ।

यसमा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमा थ्रिडी फेस अनलक र फिंगरप्रिन्ट लगायत अन्य सुविधाहरु रहेका छन् ।

हुवावे मेट ३० प्रो

६.५३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको यो फोनमा किरिन ९९० प्रोसेसर प्रयोग गरिएको छ ।

यो स्मार्टफोन ८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज रहेको छ । यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम हुनेछ । तर, यसमा गुगलका एप्सहरु भने चल्ने छैन ।

यो फोनमा ४५ सय एमएएचको ब्याट्री रहेको छ र यसले सुपर फास्ट चार्जको सपोर्ट गर्छ । यसमा ४० मेगापिक्सेल, ४० मेगापिक्सेल र ८ मेगापिक्सेलका रियर क्यामेराहरु रहेका छन् ।

यसमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमा थ्रिडि फेस अनलक, फिंगरप्रिन्ट र वाटर र डस्ट रेसिस्टेन्टको सुविधाहरु पनि रहेका छन् ।