काठमाडौं । नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले डाउनलोड एन्ड विन नामक चाडपर्व योजना ल्याएको छ ।
मेसेन्जिङ एप भाइबरमार्फत् कम्पनीले याे याेजना ल्याएकाे हाे ।
यो प्रतियोगितामा सहभागी हुन प्रयोगकर्ताले भाइबरको स्टिकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्छ ।
योजनाको विजेता लक्की ड्रमार्फत् चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहारस्वरुप टीभीएस जुपिटर क्लासिक स्कुटर प्राप्त गर्नेछन् ।
यो अभियान नोभेम्बर अन्तिम सातासम्म जारी रहने कम्पनीले जनाएकाे छ ।
यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इन्जिन भएको प्रतिघण्टा ८५ किलोमिटर स्पिड भएको सार्प र क्लासिक स्टाइललाई मूर्तरूप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासिक स्कुटर हो ।