कीवर्डहरू -

स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा

स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा


महत्वकाङ्क्षी विद्यार्थीहरु सपोर्ट प्याकेज स्वरुप प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर जित्ने अवसर प्राप्त गर्नेछन्
नेपाली विद्यार्थीहरुको अध्ययन गन्तव्यमा एडिलेड, दक्षिण अष्ट्रेलिया पहिलो प्राथमिकतामा–एक वर्षमै २८.६% वृद्धि

काठमाडौं, १८ कात्तिक – एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबद्र्धिन स्टडी एडिलेड, दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड एम्बेसेडर प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिताले विद्यार्थीहरुलाई एडिलेडको एम्बेसेडर बन्न साथै एडिलेडको शैक्षिक तथा जीवनशैलीको अनुभव लिने अवसर प्रदान गर्दछ ।


यस प्रतियोगिताका विजेताले प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर मुल्य बरमबरको सपोर्ट प्याकेज प्राप्त गर्नेछन् जस अन्तर्गत एयरफेयर, आवास भत्ता र विद्यार्थीहरुलाई पूर्ण शैक्षिक वातावरण र त्यहाँको जीवनशैलीको अनुभव लिनका लागि एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेशहरु समावेश गरिएको छ । एम्बेसेडरहरुलाई एडिलेड अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत आफ्नो साथीहरु, परिवार र समुदायमा शेयर गर्न प्रत्सोहान गरिनेछ । नेपाल, भारत, श्रीलंका र बंगलादेश गरेर ४ वटा दक्षिण एशियाली देशहरुबाट १५ जना विजेता चयन गरिनेछ । 


नेपाली विद्यार्थीहरुका लागि स्टडी एडिलेड एम्बेसेडर कार्यक्रमका बारेमा सीईओ क्यारन केन्टले भन्नुभयो, “हामी ब्राण्ड एम्बेसेडर कार्यक्रम मार्फत पठनपाठनका लागि एडिलेड आउने विद्यार्थी मध्य उच्च गुणस्तरीय विद्यार्थी छनौट गरेर नेपालमा एडिलेडमा अध्ययन गर्नुको लाभ बारे अझ बढि चेतना फैलाउन चहान्छौं । हामी नेपालमा पहिलो पटक यो कार्यक्रम शुरु गरेर २०२० ब्राण्ड एम्बेसेडरहरुलाई स्वागत गर्न पाउँदा निकै प्रसन्न छौं । उनीहरुलाई जोशपूर्ण शहरी जीवन, सुरक्षित र सहयोगी समुदाय र विश्व स्तरीय शैक्षिक संस्थानमा स्वागत गर्न पाउँदा खुशी छौं ।”

सन् २०२० मा दीक्षण अष्ट्रेलियाका राजधानी एडिलेडमा शिक्षा हासिल गर्न खोजिरहेका नेपाली विद्यार्थीहरुका लागि यो प्रतियोगिता खुला गरिएको छ । आवेदन प्रक्रियाका लागि उनीशहरुलाई एडिलेडमा अध्ययन गर्ने के कुराले उत्प्रेरित गर्यो भन्ने केहि आधारभूत प्रश्नहरुको उत्तर दिनुपर्नेछ । जजहरुको प्यानलले सृजनशीलता, उत्साह र एडिलेडमा अध्ययन गर्ने चाहनाको आधनारमा विजेताहरु चयन गर्नेछन् ।


हालको तथ्याङक अनुसार नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ एडिलेड रहेको छ । र, जुलाई २०१८ देखि जुलाई २०१९ सम्म एडिलेडमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्यामा २८.६% ले वृद्धि भएको छ । रोचक वातावरण, अन्तर्राष्ट्रिय अपील, विविध सांस्कृतिक वातावरण र अष्ट्रेलियाकै उत्कृष्ट शैक्षिक संस्था भएकै कारण स्टडी एडिलेड एम्बेसेडर अभियानमा नेपाली विद्यार्थीहरु एडिलेडमा पढ्ने बढि सम्भावना देखिएको छ ।


सन् २०१८ मा इन्टरनेशनल एल्मुनी जब नेटर्वकले गरेको अनुसन्धानमा एडिलेडमा अध्ययन गर्ने ८०% अन्तर्राष्ट्रिय विद्यार्थीहरु फल प्राप्तबाट सन्तुष्ट रहेको र उनीहरुको अन्तर्राष्ट्रिय अनुभव सकारात्मक रहेका पाइएको छ । अध्ययनका अनुसार, ३५% अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अध्ययन पूरा हुनु अगावै आफ्नो करिअर शुरु गरिसकेका छन् , त्यस्तै ४०% विद्यार्थीहरुले स्नातक गरेको ३ महिना भित्रै काम शुरु गरिसकेका छन् । अध्ययनका अनुसार, एडिलेडमा अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पहिलो काममा अन्य अष्ट्रेलियन स्टेटबाट स्नातक गरेका विद्यार्थीभन्दा बढि रकम कमाएका छन् ।


एडिलेडको एम्बेसेडर कार्यक्रमको आवेदन ३१ डिसेम्बर, २०१९ अर्थात पौष १५ गतेसम्म मात्र रहेको छ । इच्छुक विद्यार्थीहरुले धधध।कतगमथबमभबिष्मभ।अयmरकयगतजबकष्ब मा आवेदन दिन सक्नेछन् ।