कीवर्डहरू -

फोटोसप सीसी कसरी चलाउने ?

फोटोसप सीसी कसरी चलाउने ?

एडोब सिस्टम आइनसी. ले निर्माण गरेको फोटो इडिटिङ सफ्टवेरलाई फोटोसप भनिन्छ । कार्तिक २०७५ मा निस्किएको फोटोसप सीसी (भर्जन २०.०.१), एडोब सिस्टमको नँया संस्करण हो । यो म्याकओएस र विन्डोजको लागि विकास गरिएको ग्राफिक डिजाइन सफ्टवेर हो । यस्ले प्रयोगकर्तालाई डिजिटल फोटोहरुमा आकार परिर्वतन, सही रङ्ग र हेरफेर जस्ता काम गर्न अनुमति दिन्छ ।


सामान्य फोटोग्राफर, व्यावसायिक फोटोग्राफर र ग्राफिक डिजाइनरहरुमा लागि बनाइएको यो सफ्टवेरमा वर्कस्पेस, लेयर, फिल्टर, सेलेक्सन टेक्निक जस्ता विशेषताहरु हुन्छन् । आज ती विशेषताहरु प्रयोग गरेर कुनै डिजाइन सिर्जन गर्न वा इलुस्ट्रेसन बनाउन वा केही साधारण पुनः सुधार कसरी गर्ने भन्ने कुराहरुको बारेमा चर्चा गर्दैछाँै ।


फोटोसप वर्कस्पेस
फोटोसप विभिन्न उद्दश्यको लागि प्रयोग गर्न सकिन्छ जस्तै फोटो इडिटिङ, ग्राफिक डिजाइनिङ, थीडि डिजाइनिङ, भिडियो इडिटिङ । तँपाईले फोटोसपमा गर्न चाहेको काम अनुसार आफ्नै कार्यप्रवाह अनुकुलन गर्न सक्नुहुन्छ र व्यक्तिगत रुपमा हेर्न चाहानु भएको सबै प्यानलहरु चलाउन सक्नुहुन्छ ।

यसमा आफूले चाहेअनुसारको प्यालन, किबोर्ड सर्टकट् राख्न मिल्छ र इच्छा बमोजिम प्यालनहरु घटबढ् गर्न मिल्छ ।


फोटोसपको डिफल्ट वर्कस्पेस
फोटोसप को डिफल्ट वर्कस्पेसलाई इसेन्सियल पनि भनिन्छ । कुनै वर्कस्पेस छनोट गरिएको छैन भने तँपाईले इसेन्सियल वर्कस्पेस चलाइरहेको बुझ्नुपर्छ । विन्डोज मेनुको दोस्रो माथिल्लो स्थानमा वर्कस्पेस प्यानल हुन्छ जस्को मद्दतले तँपाईले अरु विभिन्न वर्कस्पेस छनोट गरेर काम गर्न सक्नुहुन्छ जस्तै थीडि, ग्राफिक, वेब, पेन्टिङ, फोटोग्राफी, मोसन ।


थीडि वर्कस्पेस
यदि तँपाईलाई फोटोसपमा थीडि वर्कस्पेसमा काम गर्न इच्छा छ भने तँपाईले विन्डोज मेनुमा गएर, वर्कस्पेसमा गएर थीडिमा थिच्नु भयो भने थीडि प्यालन आउँछ र यसको मद्दतले तँपाईले थीडिसित सम्बन्धित सम्पूर्ण फिचरहरु चलाउन सक्नुहुन्छ जस्तै थीडि प्रपर्टी, लेयर्स, च्यानल आदि ।


मोसन वर्कस्पेस
फोटोसपको मोसन वर्कस्पेस भिडियो र एनीमेसन इडिट गर्न प्रयोग हुन्छ । थीडि वर्कस्पेसको तल रहेको यो वर्कस्पेसमा एनिमेसनको कामको लागि चाहिने प्यानलहरु प्रयोग गर्न सकिन्छ ।


फोटोग्राफी वर्कस्पेस
वर्कस्पेसमा गएर फोटोग्राफी वर्कस्पेसको प्रयोग गर्न सकिन्छ । फोटो इडिट गर्न चाहिने  सम्पूर्ण फिचरहरु यस प्यानलमा पाइन्छ । फोटोग्राफी सिक्दै गरेको व्यक्तिहरुको लागि यो वर्कस्पेस निकै महत्वपूर्ण हुन्छ ।


नँया कस्टम वर्कस्पेस कसरी बनाउने ?
विन्डोज मेनुमा रहेको वर्कस्पेसभित्र न्यू वर्कस्पेसमा गएर आफ्नो नामको वर्कस्पेस बनाउन सकिन्छ । यसमा आफूले चाहेअनुसारको प्यालन, किबोर्ड सर्टकट् राख्न मिल्छ र इच्छा बमोजिम प्यालनहरु घटबढ् गर्न मिल्छ । यसरी सजिलो तरिकाले नँया वर्कस्पेस बनाउन सकिन्छ र पछि आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ ।


फोटोसपमा लेयर कसरी बनाउने ?
लेयरले फोटोसपलाई राम्रो फोटो इडिटिङ टुल बनाउछ । फोटोसप लेयरले एक माथि अर्को फोटो रख्न मद्दत गर्छ । तस्विरमाथि नँया लेयरे थपेर त्यसमा परिवर्तन गरेर तस्विरलाई अझ आकर्षक बनाउन सकिन्छ । हामीले कुनै बेला पनि चाहे अनुसारको लेयर थप्न र हटाउन मिल्छ । कुनै पनि तस्विर ओपन गरे पछि त्यसको लेयर प्यानल दाँया पट्टी खुल्छ । सुरुमा यो ब्याकग्राउन्ड लेयरको नाममा लक भएर बसेको हुन्छ र डबल क्लीक गरेर लक हटाए पछि नँया नाम राखेर तस्विर इडिट गर्न मिल्छ ।

\"\"

अनलक गर्ने अर्को तरिका पनि छ जस्मा लकको संकेतलाई तानेर थ्रासमा लगेर राख्नुपर्छ र यो आफै अनलक हुन्छ । ब्याकग्राउन्ड लेयरमा अरु तस्विरहरु राख्नलाई सिफ्ट बटन थिचेर सो तस्विरलाई तानेर बीचमा राख्नुपर्छ । उक्त नँया लेयर प्यानलको माथि बस्छ र अरु लेयरलाई नबिगारिकन यस लेयरमा इडिट गर्न सकिन्छ । हरेक लेयर प्यालनमा आँखाको संकेत हुन्छ । यो संकेतलाई क्लीक गरेर सो लेयर देख्न मिल्ने र देख्न नमिल्ने बनाउन सकिन्छ ।


लेयर प्यानलको एउटा विशेषता भनेको लेयर माक्स पनि हो । यस्को प्रयोगले तस्विरका केही अंशहरु लुकाउन मिल्छ । यो प्रयोग गरेन भने तस्विरको कुनै अंश लुकाउन परेमा इरेजर टुलको प्रयोग गनुपर्ने हुन्छ । लेयर माक्सको बेफाइदा भनेको एक पटक डिलिट गरिएको तस्विरको अंशलाई पनः ल्याउन मिल्दैन ।

लेयर माक्स झिक्नलाई लेयर मेनुमा रहेको लेयर माक्समा गएर रिभिल अल गनुपर्छ । त्यस पछि तँपाईले त्यस लेयरमा सेतो लेयर थप गरिएको पाउनुहुन्छ । अब तस्विरका केही अंश मात्र लुकाउनलाई ब्रस टुल प्रयोग गर्नुपर्छ र कालो रङले मेटाउन चाहनुभएका अंशलाई ढाक्नुपर्छ । यसो गर्नाले तस्विर डिलिट नगरीकन लेयर माक्सको प्रयोगले नचाहेको अंश लुकाउन सकिन्छ । लेयर प्यानलमा ब्लेन्डिङ मोड पनि हुन्छ । यस्को प्रयोगले जुनैसुकै लेयरलाई तलको अर्को लेयरसँग ब्लेन्ड गर्न सकिन्छ ।

जस्तै ए नामक लेयरलाई ब्लेन्डिङ मोडमा गएर सामान्यबाट ओभरले मोडमा राखियो भने त्यो लेयर त्यको तलको लेयरसँग गएर ब्लेन्ड(मिसिनु) हुन्छ । तँपाईले विभिन्न ब्लेन्डिङ मोडहरु प्रयोग गर्न सक्नुहुन्छ । लेयरको फाइदा भनेको यो अरु लेयरसँग मिसिएको हँदैन त्यसैले ब्लेन्ड मोडलाई सामान्य मोडमा परिवर्तन गरेर पहिलेको ओर्जिनल तस्विरमा ल्याउन सकिन्छ ।


हामीले लेयर प्यानलमा टेक्स्ट, तस्विर, आकार र थ्रीडी मोडलहरु पनि थप्न सक्छौं । लेयर माक्सको प्रयोगले छिट्टै र सजिलै कुनै पनि पोस्टर डिजाइन गर्न सकिन्छ । यस्मा सम्झनुपर्ने कुरा भनेको कालो रङले पिक्सल लुकाउछ र सेतो रङले पिक्सल देखाउछ ।


फोटोसप लेयरमा स्टाइल र इफेक्ट पनि थप गर्न मिल्छ । लेयर स्टाइल प्रयोग गर्नलाई पहिला कुनै लेयर छनोट गनुपर्छ । लेयर मेनुमा रहेको लेयर स्टाइलबाट आकर्षक लेयर स्टाइल छानेर अप्लाइ गरेर लेयर स्टाइल हाल्न सकिन्छ ।