कीवर्डहरू -

शाओमीको एमआइ ए१ अब नेपाली बजारमा

शाओमीको एमआइ ए१ अब नेपाली बजारमा

नेपाली बजारमा छोटो समयमानै आफ्नो छबि स्थापना गर्न सफल मोबाइल कम्पनि शाओमीले धेरै प्रकारका स्मार्टफोनहरु सार्बजनिक गरिरहेको छ ।उक्त  क्रमलाई निरन्तरता दिंदै  शाओमीले फेरी नेपाली बजारमा २६ हजार ९ सय ९९ पर्ने एमआइ ए १ उपलब्ध गराएको छ ।यो भन्दा आघि ६४ जीबी संस्करणमा उपलब्ध उक्त फोन अहिले ३२ जीबी संस्करणमा उपलब्ध भएको हो ।

एमआइ ए १ को फिचरको कुरा गर्दा ५.५ इन्चको आइपिएस एलसिडी डिस्प्ले भएको सो फोन फुल मेटल बडीको रहेको छ ।स्नापड्रागण ६२५,अक्टाकोर २.०जिएचजेडको पावरफुल प्रोसेसर रहेको यस फोनमा ४ जीबी र्याम तथा ३२ अन्बोर्ड स्टोरेज रहेको छ । फोनमा ब्याट्रीको कुरा गर्दा ३०८० mAh क्षमता भएको नन रेमुभेवल ब्याट्रीको प्रयोग भएको छ । एलईडी फ्ल्यास सहितको १२ एमपीको डुअल रियर क्यामेरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यो फोनको  प्रयोगकर्ताले स्मार्टफोनबाटै राम्रो पिक्चर  क्वालिटीको अनुभव गर्न पाउने छन् । वाईफाई,ब्लुटुथ तथा युएसबी ओटीजी सपोर्ट गर्ने एमआइ ए१ मा फिन्गरप्रिन्ट,जाइरो,एक्सेलेरोमिटर तथा कम्पास जस्ता  सेन्सरहरुको प्रयोग गरिएको छ । एन्ड्रोइड  नोगात भर्जन ७.१.१ मा चल्ने यो स्मार्टफोन स्टक एन्ड्रोइड हो ।

शाओमी एमआइ ब्रान्डको नेपालका लागि अधिकारिक बिक्रेता वत्सल इम्पेक्सले यो नयाँ मोडेलको स्मार्टफोनको बिक्रि वितरण शुरु गरिसकेको छ ।शाओमी एमआइ ए१ फोन बिभिन्न ठाउँहरुमा  एमआईको सोरुममा उपलब्ध छ ।