कीवर्डहरू -

माघ ११ गते ‘वर्डक्याम्प  बुटवल २०२०’ आयोजना हुदै, ५०० भन्दा बढी सहभागी हुने

माघ ११ गते ‘वर्डक्याम्प  बुटवल २०२०’ आयोजना हुदै,  ५०० भन्दा बढी सहभागी हुने

संसारको प्रख्यात वेबसाइट बनाउने सफ्टवेर ‘वर्डप्रेस’ सम्वन्धि सम्मेलन ‘वर्डक्याम्प बुटवल २०२०’ को आयोजना हुने भएको छ

कार्यक्रम आगामी माघ ११ गते (जनवरी २५) का दिन बुटवलको योगीकुटी स्थित दि दरबार लनमा हुने भएको हुने छ । वर्डक्याम्प विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

बुटवलमा पहिलोपटक बृहत रुपमा आयोजना हुन गइरहेको “वर्डक्याम्प बुटवल २०२” सुचना प्रविधि सम्बन्धि  बुटवलकै पहिलो अन्तरास्ट्रिय सम्मेलन भएको वर्डप्रेस बुटवल तथा वर्डक्याम्प बुटवलका लिडर एवं सफ्टवेयर डेभलपर माधव ढुंगानाले बताए ।

एक तथ्यांक अनुसार इन्टरनेटमा भएका विश्वभरिका वेबसाइटहरु मध्य झण्डै ५ मा २ वटा वेबसाइटहरु वर्डप्रेस प्लेटफर्ममा बनेका छन् ।

भने नेपालमा बनेका वेबसाइटहरु मध्य झन्डै १० मा ६ वेबसाइटहरु वर्डप्रेस प्लेटफर्ममा बनेका छन् । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्नेदेखि ठूला समाचारमूलक वेवसाइट, ई कमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदी बनाउन प्रख्यात रहँदै आएको छ ।

वर्डप्रेस बहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न र प्रयोग गर्न सकिने भएकोले यसको प्रयोग गुणात्मक रुपमा वृद्धि भइरहेको छ ।

नेपालमा मात्र वर्डप्रेसमा काम गर्ने ५०० भन्दा बढी आइटी कम्पनीहरू र हजारौंको संख्यामा फ्रिल्यान्सरहरु रहेका छन् ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरुका साथै भारत र जापानका ख्यातिप्राप्त २० जना वर्डप्रेस विज्ञले विभिन्न विषयमा प्रस्तुती दिने र अनुभव बाड्ने छन्

कार्यक्रममा वर्डप्रेसका विभिन्न विधा र क्षेत्रसँग सम्बन्धित बिषयमा छलफल र अन्तरक्रिया पनि हुने हुनाले आइटीमा व्यावसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति, सूचना प्रविधिमा करियर बनाउन खोजेका विद्यार्थी तथा वर्डप्रेस सँग सम्बन्धित व्यक्तिहरूसँग सम्बन्ध निर्माणको लागि यो कार्यक्रम महत्त्वपूर्ण हुनेछ ।

कार्यक्रमका लागि ई-कमर्स, जेटप्याक, गोड्याडी, हबस्पट, ब्लु होस्ट, ब्रोडवे इन्फोसिस, रिगोरस वेब, बुटवल वेब, इन्भाईट टेक, वेवपेज नेपाल,  इनेप्सटर, प्रोशोर, हाइ-स्पीड कम्पुटर, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एंड इन्नोभेशन, लक्ष्मी इलेक्ट्रोनिक्स लगायतका वर्डप्रेससंग सम्बन्धित विभिन्न स्वदेशी तथा विदेशी संस्थाले प्रायोजन गरेका छन् ।

बुटवलमा सुचना प्रविधि सम्बन्धि पर्याप्त प्रभावकारी वृहत कार्यक्रमहरु नभइरहेको अवस्थामा “वर्डक्याम्प बुटवल २०२०” ले यस क्षेत्रमा सुचना प्रविधिको स्तर उकास्दै अन्तरास्ट्रिय पहुँचको विकास गर्ने छ ।

नेपाल भ्रमण बर्ष २०२० को आगमन संगै गर्न लागिएको यस अन्तरास्ट्रिय कार्यक्रममा जापान, भारत लगायत विभिन्न देशबाट सभागीहरु आउने भएको हुँदा भ्रमण बर्ष २०२० लाई पनि सफल पार्न सहयोग हुने छ ।

कार्यक्रममा देश तथा विदेशभर बाट ५०० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रमको बारेमा थप जानाकारी लिन र सहभागिताको आवेदन दिनको लागि https://2020.butwal.wordcamp.org मा जान सकिने छ ।