कीवर्डहरू -

नेपाल आन्ट्रप्रेनर्स हबले आयोजना गरेको \'स्टार्टअप विकेण्ड\' सुरु

यस कार्यक्रमले कुनै पनि व्यक्तीले लिएर आएको आइडियामा काम गर्ने, टीम बनाउने र मेन्टरसीप प्रदान गर्ने गर्छ

नेपाल आन्ट्रप्रेनर्स हबले आयोजना गरेको \'स्टार्टअप विकेण्ड\' सुरु

नेपाल आन्ट्रप्रेनर्स हबले आयोजना गरेको कार्यक्रम स्टार्टअप विकएण्ड सुरु भएको छ । उक्त कार्यक्रम जनवरी ३१ देखि फेब्रुअरी २ सम्म चल्ने छ । ढोकैमा क्याफे, पाटनढोकामा आयोजना भैरहेको कार्यक्रम ५४ घण्टाको हुनेछ । स्टार्टअप विकएण्ड कार्यक्रम स्थानीय उद्यमशीलतामा समर्पित रहेको छ ।

ढोकैमा क्याफे, पाटनढोकामा आयोजना हुने कार्यक्रम ५४ घण्टाको हुनेछ । स्टार्टअप विकएण्ड कार्यक्रम स्थानीय उद्यमशीलतामा समर्पित रहेको छ ।

\"\"

ढो कैमा क्याफे, पाटनढोकामा आयोजना हुने कार्यक्रम ५४ घण्टाको हुनेछ । स्टार्टअप विकएण्ड कार्यक्रम स्थानीय उद्यमशीलतामा समर्पित रहेको छ ।

शुक्रबार साँझ देखि सुरु भएको कार्यक्रम आइतबार साँझसम्म सञ्चालन हुनेछ । यस कार्यक्रमले कुनै पनि व्यक्तिले लिएर आएको आइडियामा काम गर्ने, टीम बनाउने र मेन्टरसीप प्रदान गर्ने नेपाल आन्टरप्रेनर्स हबका सह-सस्थापक बिजेन्द्र जोशीले जानकारी दिए ।

कार्यक्रममा बिभिन्न स्टार्टअप तथा उद्यमी बन्ने दौडमा अघि बढेका ६० बढि युवाहरुको सहभागिता रहेको छ । बिभिन्न समुहहरुमा कसरि राम्रो नेतृत्वमा काम गर्ने र आफ्नो प्रोजेक्टरकम्पनिलाइ अघि बढाउने बिषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिनेछ । आइतबार हुने समापन कार्यक्रममा उत्कृस्ट समुह तथा प्रोजेक्ट घोषणा गरिनेछ ।

कार्यक्रममा बिभिन्न स्टार्टअप तथा उद्यमी बन्ने दौडमा अघि बढेका ६० बढि युवाहरुको सहभागिता रहेको छ कार्यक्रममा क्लाउड फ्याक्ट्रीको बिशेष सहयोग रहेको छ भने गुगल फर स्टार्टअप ग्लोबल पार्टनरको रुपमा रहेको छ ।


नेपाल आन्टरप्रेनर्स हबले बिगत केहि बर्षदेखि स्टार्टअप विकेन्ड कार्यक्रम आयोजना गर्दै आएको छ । केहि समय अघिमात्र गर्ल्सको लागि लक्षित स्टार्टअप विकेन्ड टेकस्टार आयोजना भएको थियो ।

शुक्रबारदेखि आयोजना भएको कार्यक्रममा क्लाउड फ्याक्ट्रीको बिशेष सहयोग रहेको छ भने गुगल फर स्टार्टअप ग्लोबल पार्टनरको रुपमा रहेको छ । यसैगरी इन्टरनेट पार्टनर भयानेट र कन्टेन्ट पार्टनर लिभिंग विथ आइसिटी रहेको छ ।

यस संस्करणको स्टार्टअप विकेन्ड केहि समय अघि अल्पायुमै निधन भएका सूचना प्रबिधि क्षेत्रका अग्रणी ब्यप्ति कर्मठ डंगोलमा समर्पित ९३ःद्यल्० रहेको आयोजकले जानकारी दिएको छ ।

\"\"

\"\"

\"\"