कीवर्डहरू -

ई-सेवाबाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी साढे आठ बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक ईसेवामार्फत् भोटिङ गर्न सकिने भएको हो ।

ई-सेवाबाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इ-सेवाबाट भोटिङ गर्न सकिने भएको छ ।

एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी साढे आठ बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक ईसेवामार्फत् भोटिङ गर्न सकिने भएको हो ।

ईसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एपमार्फत् आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।

प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार सम्म भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी साढे आठ बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ ।

नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्ततिस्पर्धा गरिरहेका छन् । प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका निशान बुडुजा,पोखराकै मुसकान रानाभाट,हेटौडाकी मिग्मा लामा,काठमाडोकी मेघा श्रेष्ठ,पोखराकी ममता गुरूङ, बर्दिवासका किरण कुमार भुजेल,चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए ।

ई-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत् मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।