कीवर्डहरू -

आगामी ११ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवस मनाइदै

नेपालमा पनि सन् २०१९ देखि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्द्धन गर्दै आएको छ ।

आगामी ११ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवस मनाइदै

आगामी ११ फेब्रुअरीमा पाटनस्थित कृष्ण मन्दिरमा "सुरक्षित इन्टरनेट दिवस–२०२०" मनाइदै छ ।

'राम्रो इन्टरनेटका लागि एकता' भन्ने नाराका साथ बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यस सम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष फेब्रुअरीमा विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइदै आएको छ ।

नेपालमा पनि सन् २०१९ देखि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्द्धन गर्दै आएको छ ।

चाइल्डसेफनेट नेपालमा बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेट प्रवद्र्धनमा समर्पित विशिष्टिकृत संस्था हो ।

सन् २०१९ मा चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवस कार्यक्रमको समन्वय र विविध कार्यक्रम आयोजना गरेको थियो ।

चाइल्ड सेफ नेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि कार्यरत रहेको गैरसरकारी संस्था हो ।

इन्टरनेट सम्बन्धी लत, अनलाइन यौन दुर्व्यवहार तथा शोषण, साइबर– बुलिङ, फिसिङ, अनलाइन गेम सम्बन्धी लतबाट बालबालिका तथा युवा वर्गलाई सुरक्षित गर्नका लागि इन्टरनेट तथा डिजिटल सामग्रीको सुरक्षित प्रयोगसम्बन्धमा चेतना जगाउन एवं डिजिटल साक्षरता प्रवर्द्धन गर्नका लागि काम गरिरहेको छ ।