कीवर्डहरू -

डिसहोमको अफरः फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दा एकलाख सम्म जित्ने अवसर

जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गरे बापत एड अन प्याकेज सहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा भाग्यशाली २ जना ग्राहकहरुले एक लाख रुपैयाँ नगद उपहार जित्न सक्नेछन् ।

डिसहोमको अफरः फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दा  एकलाख सम्म जित्ने अवसर

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिसहोममा डिलर दाईको डिस्काउन्ट” नामक अफर ल्याएको छ ।

जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गरे बापत एड अन प्याकेज सहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा भाग्यशाली २ जना ग्राहकहरुले एक लाख रुपैयाँ नगद उपहार जित्न सक्नेछन् ।

साप्ताहिक लक्की ड्र कार्यक्रम २०७६ माघ २७ गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ ।

फागुन २ गतेबाट डिशहोमको च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा समावेश गरिनेछ ।

फन्ड ट्रान्फरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र साप्ताहिक लक्की ड्रमा समावेश गरिने छ । समावेश भएका ग्राहकहरुलाई डिसहोम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने छ ।

बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्ने छन् ।