कीवर्डहरू -

नयाँ पाठ्यसंरचना सच्याउन सीफ्यानद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नयाँ परिवेशमा विद्यालयमा शिक्षाको पूर्ण संरचना गर्ने क्रममा अनिवार्य विषयको रुपमा समेटिनु पर्ने कम्प्युटर विज्ञान विषयलाई ऐच्छिक विषयको रुपमा समेत पढ्न नपाउने अवस्था सिर्जना भएको भन्दै सीफ्यानले नयाँ पाठ्यसंरचना सच्याउन माग गरेको हो ।

कम्प्युटर फ्याकल्टी एशोसिएसन नेपाल (सीफ्यान) ले शैक्षिक सत्र २०७७ सालदेखि लागु हुन लागेको नयाँ पाठ्यसंरचना सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नयाँ परिवेशमा विद्यालयमा शिक्षाको पूर्ण संरचना गर्ने क्रममा अनिवार्य विषयको रुपमा समेटिनु पर्ने कम्प्युटर विज्ञान विषयलाई ऐच्छिक विषयको रुपमा समेत पढ्न नपाउने अवस्था सिर्जना भएको भन्दै सीफ्यानले नयाँ पाठ्यसंरचना सच्याउन माग गरेको हो ।

सुखी नेपाली, समृद्ध नेपाल को नारालाई साकार पार्न पनि सूचना प्रविधिको आवश्यक रहेको भन्दै समस्या समाधान गर्नको लागि आवश्यक कदम चाल्न संघले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।