कीवर्डहरू -

ई-सेवा र फिनलिट नेपालबीच सम्झौता, नेपालका विभिन्न क्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रम गर्ने

यस कार्यक्रम अन्तरगत फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवा लगायतका वित्तीय साक्षरता सम्बन्धी मुलुकका विभिन्न स्थानमा कक्षा सञ्चालन गर्नेछ ।

ई-सेवा र फिनलिट नेपालबीच सम्झौता, नेपालका विभिन्न क्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रम गर्ने

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ई-सेवाले मुलुकका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमका लागी फिनलिट नेपालसँग सहकार्य गरेको छ ।

वित्तीय साक्षरतासम्बन्धी सम्झौता पत्रमा ई-सेवाका सिओओ रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाबीच हस्ताक्षर भयो ।

ई-सेवाले सामाजिक उत्तरदायित्व अन्तरगत नीजि क्षेत्रका तर्फबाट वित्तीय समावेशीकरणमा योगदान पुर्याउने उदेश्यले यो कार्यक्रम अगाडी बढाएको हो ।

यस कार्यक्रम अन्तरगत फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवा लगायतका वित्तीय साक्षरता सम्बन्धी मुलुकका विभिन्न स्थानमा कक्षा सञ्चालन गर्नेछ ।

फिनलिट नेपालले नेपालमा विभिन्न संस्थाहरूको सहकार्यमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

ई-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।