कीवर्डहरू -

भोलिबाट प्रभु पे क्यान इन्फोटेक सुरु हुदै, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले उद्धाटन गर्ने

फागुन २ गते देखि ७ गते सम्म चल्ने इन्फोटेकमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेशन एक्स्पोजर रहेको छ ।

भोलिबाट प्रभु पे क्यान इन्फोटेक सुरु हुदै, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले उद्धाटन गर्ने

फागुन २ गते देखि भृकुटीमण्डपमा प्रभु पे क्यान इन्फोटेक  २०२० सुरु हुदै छ । बिहान साढे १० बजेबाट सुरु हुने कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गर्नेछन् ।

फागुन २ गते देखि ७ गते सम्म चल्ने इन्फोटेकमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेशन एक्स्पोजर रहेको छ ।

यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्ने छन् ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ ।

जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने छन् । रोबोट र ड्रोनबाट उद्घाटन गरिने प्रदर्शनीमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहेको छ ।

सो अवसरमा गेमिङ पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई –स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ । जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् ।

दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित एकलाख रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्ने छन् ।

यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तराष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री समेत गर्नेछन् ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन् ।

त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहने क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए ।

क्यान इन्फोटेकको यो संस्करणको प्रबेश शुल्क सय रुपैयाँ राखिएको छ भने विद्यार्थिहरुले ५० प्रतिशत छुट पाउने छन भने । त्यसैगरी सामुदायिक तथा सरकारी विद्यालय र कलेजका विद्यार्थिहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुले निशुल्क प्रवेश पाउन सक्नेछन ।

त्यस्तै फाल्गुन ५ गतेलाई “बिजनेस डे” तोकिएको छ । क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ ।

\"\"

जसले गर्दा प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिहरुले इन्फोटेक प्रवेशमा लाग्ने समयको वचत गर्न सक्ने छन् । क्यान इन्फोटेक २०२० मा टाइटल स्पोन्सर प्रभु पे, एशोसिएट स्पोन्सर वल्र्ड्लिंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् ।

भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स रहेको छ । त्यसैगरी , स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् । यसैगरी जेनेस सोल्युशन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् ।

त्यस्तै ब्रेन डिजिट आईटी सोल्युशन क्यान इन्फोटेक २०२० को डिजिटल पार्टनर रहेको छ । क्रियटिभ पार्टनरमा आर आर श्री स्कुल अफ टेक्नोलोजी, गेमिङ पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स, रिसर्च पार्टनर सीयसआर, अफिसियल ट्राभल पार्टनर बिएन होलिडेज रहेको छ ।

प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिब्युटर्स एशोसिएशन, एशोसियसन अफ इन्जिनियरिङ कलेजले सहयोग गरेका छन् । त्यसैगरि अन्तराष्ट्रिय संस्था असोसियो र विट्सा को पनि यसको आयोजनामा सहयोग रहेको छ ।