कीवर्डहरू -

क्यान इन्फोटेकको आज अन्तिम दिन, साँझ ६ बजेसम्म प्रदर्शनी चल्ने

क्यान इन्फोटेकको आज अन्तिम दिन, साँझ ६ बजेसम्म प्रदर्शनी चल्ने

काठमाडौं । राजधानीमा जारी २६औं संस्करणको सूचना प्रविधि प्रदर्शनी प्रभु क्यान इन्फोटेक २०२० आज सकिदै छ । गत फागुन २ देखि सञ्चालन भएको यो प्रदर्शनी आज साँझ ६ बजेसम्म चल्ने जानकारी आयोजकले दिएको छ ।

प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा, सेक्युरिटी, अनलाइन पेमेन्ट, ई–कमर्स, अनलाइन लर्निङ सफ्टवेयर लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ । त्यस्तै युवा उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानिरहेका छन् ।

इन्फोटेककै दौरान स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी समेत गरिएको छ । त्यस्तै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा सञ्चालन भइरहेकोको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए । त्यस्तै ई–स्पोर्टस च्याम्पियनसिप अन्तर्गत मंगलबार डोटा टु तथा सीएस गो खेलको सेमिफाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । बुधबार उत्कृष्ट दुई टोलीबीच फाइनल भिडन्त हुने छ ।

कुल १७५ स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छूट र अफर दिइरहेका छन् । ब्राण्डिङ कम्पनीका स्टल मूख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रसमा रहेका स्टलहमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको विक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत गरिरहेका छन् ।

क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले यसपटक अवलोनकर्ताको अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु आएको बताए । उनले प्रदर्शनीस्थलमा प्रविधिमैत्री व्यवस्थापन गरिएको र धुलो, धुँवा एवं अनावश्यक होहल्ला कम गरिएको बताए ।