कीवर्डहरू -

बास्कोटालाई बर्खास्त गरी निष्पक्ष छानविन गर्न साझा पार्टीको माग

बास्कोटालाई बर्खास्त गरी निष्पक्ष छानविन गर्न साझा पार्टीको माग

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न साझा पार्टीले माग गरेको छ ।

आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएक मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टीले प्रधानमन्त्रीसँग जोडदार माग गरेको छ ।

देशलाई दशकौँदेखि जर्जर बनाइरहेको , विकासलाई अवरूद्ध पारिरहेको, समग्र समाजमा नैतिक क्षयीकरण ल्याइरहेको भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै ‍हर दिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनु पर्ने अवस्था नेपालीहरूको नियति बनिसकेको साझा पार्टीले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ ।