कीवर्डहरू -

सुविसुले सुरु गर्यो 100G अप्टिकल नेटवर्कको थालनीे

यसको थालनी सँगै उपभोक्ताले high speed internet /  high definition internet protocol (IPTV)     को सेवा लिन सक्नेछन् ।

सुविसुले सुरु गर्यो 100G अप्टिकल नेटवर्कको थालनीे

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नोकियाको 100g  अप्टिकल नेटवर्कको कार्य बिस्तार गरेको छ ।  यसका लागि कम्पनीले नोकियासंग सहकार्य गरेको हो ।

समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो । यसबाट उपभोक्ताले आफ्नो bandwidth 1Gbps सम्म विस्तार गर्न सक्नेछन् ।

यसको थालनी सँगै उपभोक्ताले high speed internet /  high definition internet protocol (IPTV) को सेवा लिन सक्नेछन् ।

यसकार्यले नेपाल सरकारको ‘डिजिटल नेपालको’ कार्यक्रमलाई सेवा पु¥याई उच्चतम प्रविधिको प्रयोगद्घारा सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर गराउन टेवा पुर्याउने विश्वास लिइएको छ ।

देशको ११ वटा स्थानमा नोकियाको 1830 photonic service switch (PSS) , Dense wavelength division Multiplexing (DWDM) यसबाट ग्राहकको उच्चतम र गुणस्तरीय सेवाको मागलाई पुर्ती गर्नु सँगैसँगै सुबिसुले १०० G service प्रदान गर्न सक्नेछ ।

नोकियाका बिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन् ।

आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफल प्राप्त गर्ने विश्वास लिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले  “१०० जि नेटवर्कको थालनी सँगै कम्पनीले ग्राहकहरुलाई नबिन्तम, उच्चस्तरीय तथा गुणस्तरीय सेवा प्रदान गर्ने छ र वहाहरुको बदलिदो र बड्दो मागलाई सम्बोधन गर्ने बताएका छन् ” ।

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय तथा उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुबिसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफल प्राप्त गर्ने विश्वास लिएको छ उल्लेख गरेका छन् ।