कीवर्डहरू -

इन्टरनेटमा  \'नेपाली\' 

इन्टरनेटमा  \'नेपाली\' 
  • नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा इन्टरनेट ग्राहकको संख्या २ करोड ११ लाख ७ हजार ५ सय ९० छ । 
  • नेपालमा सबैभन्दा धेरै थ्रिजी प्रयोगकर्ता रहेका छन्, जसमा १ करोड १४ लाख १८ हजार ८ सय ९० ले सेवा लिएका छन् । 
  • नेपालमा ४७ लाख ९१ हजार ८ सय ९६ फोरजीका प्रयोगकर्ता छन्, जसमा कार्तिकसम्म नेपाल टेलिकमका ८ लाख ३९ हजार ५ सय ८० ग्राहक छन् भने एनसेलका ३७ लाख १३ हजार ४ सय ३१ ग्राहक रहेका छन् । त्यसैगरी स्मार्ट टेकिकमका २ लाख ३८ हजार ८ सय ८५ ग्राहक रहेका छन् । 
  • त्यसैगरी तारसहितको फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या ४५ लाख २२ हजार ८ सय ८७ रहेको छ । यसमा ३४ लाख ७३ हजार ८ सय ४३ आइएसपीका ग्राहक छन् भने । टेलिकमको एडीएसएल ग्राहकको संख्या ९ लाख ९४ हजार १७३ रहेको छ । त्यसैगरी केबल तथा एफएफटीएच प्रयोगकर्ताले संख्या ५४ हजार ८ सय ७१ रहेको छ । 
  • तारबिनाको फिक्स्ड ब्रोडब्याण्ड ग्राहकको संख्या २ लाख ३६ हजार ३ सय ४४ रहेको छ, जसमा रेडियो (वाईफाई प्रयोगकर्ताको संख्या १ लाख ४६ हजार ९ सय ३७ रहेको छ भने टेलिकमको वाईम्याक्स ग्राहकको संख्या ८९ हजार ४ सय ७ रहेको छ । 
  • त्यस्तै स्ट्याट काउन्टरको रिपोर्ट अनुसार नेपालमा ९२.६५ प्रतिशत मानिसले फेसबुक, २.३ प्रतिशतले युट्युब, १.९५ प्रतिशतले ट्विटर, १.४२ प्रतिशतले पिन्ट्रेष्ट, १.४ प्रतिशतले इन्स्टाग्राम र ०.२५ प्रतिशत मानिसले लिंकडिन प्रयोग गर्छन् ।

स्रोत - नेपाल दुरसंचार प्राधिकरण