हाल उपलब्ध हुने अधिकांश डिभाइसहरु इन्टरनेट सक्रिय हुने गरेका छन् । यस्ता डिभाइसहरू इन्टरनेटमा कनेक्ट हुने र एक्सेस गर्न सकिने गरी डिजाइन गरिएका हुन्छन् ।
व्यवसाय, अर्थतन्त्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारका लागि इन्टरनेट अत्यावश्यक अंश बनिसकेको छ । हामीले प्रयोग गर्ने डिजिटल डिभाइस र इन्टरनेनको आगमनको यस प्रकारको क्षमताले फाइदाहरुका साथै धेरै सेक्युरिटी थ्रेटहरु पनि भियभयाएको छ ।
सेक्युरिटी ब्रिच (अतिक्रमण) गराउने मुख्य कारक तत्वहरुको रुपमा रहेका केही खराब बानीहरु रहेका छन् । यस्ता खराब बानीहरुमा अन्ट्रस्ट (अविश्वासिला) बेबसाइट तथा लिंकहरु खोल्नु (जे देखिए पनि क्लिक गरिहाल्ने काम), कमजोर बुझाइ तथा वार्निङ स्किप गर्नु÷लत्याउनु, वेबमा फ्रड (जाली), विज्ञापन तथा स्किमहरुको सिकार हुनु, संवेदनशील सूचनाको प्रयोग गरिरहँदा असुरक्षित तथा पब्लिक वाइफाइको प्रयोग गर्नुजस्ता कार्यहरु रहेका छन् ।
डिभाइस र एप्लिकेशन कन्फिगुरेशन कमजोरीहरु
अटोमेटेड हार्डवेरको बढ्दो संख्या, उच्च क्षमताका डिभाइसहरु र एप्किेशनहरुको ठूलो संख्याले राम्रो साइबर हाइजिन व्यवस्थापनमा जटिलता निम्त्याउँदछ । जटिलता ल्याउने केही परिदृश्यहरु निम्न प्रकारका छन्ः
१. अप्टिभाइज तथा कडा सेक्युरिटी सेट नगरिकन डिफल्ट कन्फिगुरेशन मोडमा चलिरहेका डिभाइसहरु
२. संस्थामा खराब हिसाबले नियन्त्रण गरिएका÷नियन्त्रण नगरिएका÷निगरानी गरिएका डाटा ट्राफिक
३. आउटडेटेड सफ्टवेयर अपडटेहरु
४. अप्रभावकारी एन्टिभाइरस÷ अइपिएस÷फाइयरवाल सिस्टमको प्रयोग
५. इन्टरनेट ब्राउजर, इन्टरनेट गेम तथा एप्लिकेशनहरुका लागि असुरक्षित÷कम रेस्ट्रिक्टिभ सफ्टवेयर, युजर, एक्सेस र इन्स्टलेशन पोलिसीहरु
६. संवेशनशील सूचनाहरु प्रोसेसिङ गर्न ट्राइल वा पाइरटेड सफ्टवेरहरु तथा जेल ब्रेक गरिएका मोबाइल फोनहरुको प्रयोग गर्नु
७. भिपिएन, इन्क्रिप्शन, सुरक्षित पासवर्ड, डिभाइस लकिङ, डाटा ब्याकअप गर्ने, केच, कुकिज तथा टेम्पोररी फाइल हटाउनेजस्ता सेक्युरिटीका सबैभन्दा उपयुक्त अध्यासहरु नअपनाउनु
८. प्लग–इन, गेमलगायतका लागि सजिलो तथा असुरक्षित इन्स्टलेशन÷अपडेट पोलिसी र अन्य हानिकारक सफ्टवेयरहरुको प्रयोग गर्नु