कीवर्डहरू -

डिशहोमले चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै

नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले के वर्ल्ड च्यानल सुरु गर्दैछ ।

डिशहोमले चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै

विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ ।

नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले के वर्ल्ड च्यानल सुरु गर्दैछ । के पप, माई लिटिल बेबी, रिचम्यान, किङ इन दी लभ, मेल्टीङ हर्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नम्बर ११३ मा प्रशारण हुनेछन् ।

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराइएको छ । साथै डिसहोम गो ओटीटी एपमा पनि यो च्यानल हेर्न सकिनेछ ।

नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै एक्सक्लुसिभ च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।