कीवर्डहरू -

बुटवलमा क्यान इन्फोटेकको तयारी तिब्र, प्रदर्शनीमा १५० स्टल रहने

बुटवलमा क्यान इन्फोटेकको तयारी तिब्र, प्रदर्शनीमा १५० स्टल रहने

बुटवल मण्डपमा सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र मेला स्थल बुटवल मण्डपमा सरोकारवालाहरुसंग आज छलफल बुटवलमा फाल्गुण २ गतेदेखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र पारिएको छ ।

प्रचार प्रसार लगायतका कामलाइ पनि ब्यापक बनाइएको छ ।सम्पुर्ण डिजिटल पत्रिकामार्फत प्रचारप्रसार प्रकाशित गरिरहेका छौ ।बुटवलबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु मार्फत पनि प्रचारप्रसार भइरहेको छ । प्रायजसो काम अनलाईन बाट भइरहनु यो मेलाको विशेष आकर्षण रहेको र यसपाली बुटवलमा पहिलोपटक अनलाइन बाट इन्फोटेकको टिकट काट्न मिल्ने सुबिधा त्यो पनि १००% क्यासब्याक सहित लियर आएको छ । क्यान रुपन्देही प्रचारप्रसार उपसमिति सम्योजक इश्वरी ज्ञवाली भन्नुहुन्छ, क्यान इन्फोटेक बारेमा बिस्तृत रुपमा बुझ्न् तथा स्टल बुकिङ गर्नकै लागि मोबाइलको म्यासेज बक्समा गयर CAN टाइप गरि 32200 पठाएर बुझ्ने ब्यबस्था गरिएको छ ।

रुपन्देही र रुपन्देहीको आसपासका विभिन्न आसपासका विभिन्न सन्चारमाध्यमहरुमा प्रचारप्रसार का सामाग्री हरु तथा मेलाका आकर्षण को बारेमा जानकारी मुलक शन्देश हरु आइरहेका छन। यसपाली क्यान मेला सम्बन्धि मोबाइलको कलर रिङब्याक्टोन पनि सार्वजनिक गरियको छ ।उक्त कोड तपाईंले पनि प्रयोगमा ल्याएर प्रचारप्रसार मा सहयोगि भुमिका निर्बाह गर्न सक्नुहुनेछ ।त्यसका लागी Sub 0765375 टाइप गरि 1455 म्यासेज पठाउनसक्नुहुनेछ।मेला स्थल बुटवल मण्डपमा सरोकारवालाहरुसंग आज छलफल गरिएको हो ।

सहभागि २५ भन्दा बढि ब्यबसायीक तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधीले मेलाले बुटवलमा मात्र नभइ प्रदेश ५ लाइ नै सुचनाप्रबिधीमा अघि बढाउन मद्धत गर्ने बताए ।कर्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमालले मेलाले सबै दर्शकलाइ सुचना प्रबिधीसंग जोड्ने बताउनुभयो । संस्थाका अध्यक्ष नारायण श्रेष्ठले मेलाले पुर्याउने योगदान र यससंग जोडिएका बिषयबस्तुका बारेमा जानकारी गराउनुभयो ।

\"\"

कार्यक्रममा रुपन्देही ब्यापार संघका डिल्लीराज भण्डारी , पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसि , होटल ब्यबसायी संघका बाबुराम श्रेष्ठ , निर्माण ब्यसायी जविन कक्षपति लगायतले बोल्दै मेला सफल बनाउने बताएका थिए । कार्यक्रम क्यानका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा सचिब बिरबहादुर क्षेत्रीको संचालनमा भएको थियो ।ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स , पावर सोलुसन्स् , मोबाइल एसोसेरिज , डिलर र डिस्ट्रब्यूर्टस , टेलिकम्यूनिकेशनस् , सफ्टवेयर सोलुसन्स र अन्य रहने छन् ।

इनफोटेकमा करिब १५० स्टल रहनेछन् र २ लाख सर्वसाधारणहरुले इनफोटेक अवलोकन गर्ने अपेक्षा आयोजकको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० र विधार्थीहरुलाई रु २५ तोकिएको क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रोष्ठले जानकारी दिनुभयो ।उक्त प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प , नेपाली टाईपिङ कमिपटिसन , डान्स कम्पिटिसन , भर्चुवल गेमिङ लगायत पनि आर्कर्षणको रुपमा रहने सहसचिब सुरेश भट्टराइले बताउनुभयो ।

उक्त प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प , नेपाली टाईपिङ कमिपटिसन , डान्स कम्पिटिसन , भर्चुवल गेमिङ लगायत पनि आर्कर्षणको रुपमा रहने सहसचिब सुरेश भट्टराइले बताउनुभयो ।